वि मान चढ्ने बेलामा यु वती ग र्भवति भए नभएको जाँ च्न थालिएपछि….

हङकङ । हङकङबाट अमेरिका जान लागेको एउटा विमान कम्पनीले एक युवती गर्भवति भए नभएको परीक्षण गर्न लगाएकोमा आपत्ति प्रकट गरिएपछि सो विबमान कम्पनीले क्षमायाचना गरेको छ ।

हङकङ एक्सप्रेस एयरको गएको नोभेम्बरको एउटा फ्लाइटमा त्यस्तो घटना भएको थियो । विमानका कर्मचारीले २५ वर्षीया मिदोरी निशिदा नामकी युवतीलाई परीक्षण गर्न आग्रह गरेका थिए ।

विदेशी महिलाले विमानमा बच्चा जन्माएमा अमेरिकी नागरिकता पाइने भन्दै गर्भवति महिला त्यसतर्फ जाने क्रम बढेपछि विमान कम्पनीले सो परीक्षण थालेको जनाए पनि अहिले त्यस्तो परीक्षण रद्ध गरेको छ ।

सुरुमा सो कम्पनीले उडानका लागि फिट हुनुपर्ने प्रक्रियाअन्तर्गत परीक्षण गरिएको जनाएको थियो ।

सन् २०१८ मा नर्थन मेरिआना आइल्याण्डमा स्थानीय बासिन्दा भन्दा बढी पर्यटकका बच्चा जन्मेको रेकर्ड सार्वजनिक भएको थियो ।

सो क्षेत्रमा विदेशी महिलाहरु खासगरी चिनियाँ बच्चा जन्माउन जाने गरेको बताइएको छ ।

अहिले जापानमा रहेकी र साइपानमा हुर्केकी निशिदाले आफू गर्भवति नभएको व्यहोरामा शुरुमा फर्म भर्नुपरेको थियो । यति हुँदाहुँदै पनि विमानका कर्मचारीले उनलाई परीक्षण गर्न लगाएका थिए । उनलाई ट्वाइलेटमा लगेर पिसाबको स्याम्पल लिइएको थियो ।

जब परीक्षण नकारात्मक आयो उनलाई विमान चढ्न दिइयो ।

उनका परिवारका सदस्यहरु दुई दशक भन्दा बढी समयदेखि मेरिआनामा बस्दै आएका थिए ।

आफूलाई धेरै नै अपमानजनक र निराशाजनक व्यवहार गरिएको निशिदाले जनाएकी छन् ।

विमानस्थलले आफ्नो शुरुको उजुरीको पनि सुनुवाइ नगरेको उनको आरोप छ ।

सो एयरलाइन्सले अहिले दिएको वक्तव्यमा कुनै यात्रुलाई अप्ठेरो परेको भए क्षमायाचना गर्छौं भनेको छ ।

एनबीसी न्यूजलाई पठाएको पत्रमा उसले आफूहरुले उजुरी आएपछि त्यो परीक्षणको प्रक्रिया रद्ध गरेको समेत जनाएको छ । बीबीसी

5 Comments

Leave a Reply

Your email address will not be published.