कास्की २ मा रविन्द्रपत्नी विद्याको जीत सुनिश्चित ,कारण यस्तो छ !

काठमाडौं/
गएको फागुन १५ को मध्याह्नसम्म विद्या भट्टराईको जीवन सदा झै दैनिकमा चल्दै थियो । तर, मध्यान्ह कट्नै लाग्दा उहाको जिवनमा धेरै ठुलो विपत्ति आइलाग्यो । जिवनका कुनै पनि कठिन मोडमा सम्झनु समेत नपरेको घटनाले उहाको जिवन गिजोल्यो ।

विद्याका पति तथा तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि ताप्लेजुङमा निधन भएको समाचार आयो । त्यसपछि पनि शोकलाई शक्तिमा बदलेर उहाले आफु र आफ्ना सन्तानको भविष्य उज्वल बनाउने तर्फ लागिनै रहनु भएको थियो । तर, कात्तिक ८ गते शुक्रबारको एक निर्णयले उहाँलाई फेरी पुराना यादहरु दिलाई दिएको छ । नेकपा कास्की जिल्ला कमिटिले विद्यालाई सर्वसम्मत रुपमा कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाबाट उम्मेद्वार बनाईदिएको छ ।

विगतमा अनेरास्ववियुबाट राजनीति गरिरहनु भएकी विद्याले रविन्द्र अधिकारीसँग विवाह गरेपछि राजनीतिबाट अलिक टाढा बसेर आफ्ना पतिलाई सहयोग गर्नुभएको थियो । भनिन्छ, कुनै सफल व्यक्तिको पछाडी एक नारीको ठुलो हात हुन्छ । तर अब ती नारीकै हातमा त्यो क्षण आएको छ ।

उहाको विगत पनि राजनीति संघर्षमा वितेको थियो । पञ्चायतको एउटै समय र परिवेशमा थाहै नपाई राजनीतिमा लागेका दुई अनजान मानिसलाई वैचारिक गोरेटोले भेट मात्रै गराएन, प्रेम र विवाह पनि गराएको थियो । बहुदलका सुरुवाती वर्षहरूमा विद्यार्थी राजनीतिका रंगमञ्चमा अलगअलग गोरेटोबाट आएका रवीन्द्र अधिकारी र विद्याबीच ठीक २० वर्षअघि २०५६ असार २६ मा स्वयंवर भएको थियो ।

विगतमा अनेरास्ववियुबाट राजनीति गरिरहनु भएकी विद्याले रविन्द्र अधिकारीसँग विवाह गरेपछि राजनीतिबाट अलिक टाढा बसेर आफ्ना पतिलाई सहयोग गर्नुभएको थियो । भनिन्छ, कुनै सफल व्यक्तिको पछाडी एक नारीको ठुलो हात हुन्छ । तर अब ती नारीकै हातमा त्यो क्षण आएको छ ।

‘हामीले औंठी होइन, माला साटासाट गरेर स्वयंवर गर्‍यौं’, विद्या भन्नुहुन्छ, ‘व्यवहारहरूलाई सरल बनाउनुपर्छ भन्नुहुन्थ्यो रविन्द्रजी, जो मलाई पनि मन पर्थ्यो । त्यसो हुनाले एकअर्कालाई लगाइदिएको मालाले नै हाम्रो विवाहको सबै रीत धानेको थियो ।’ विवाह भएपछि विद्याको बाटो मोडियो । उहालेखपढ गर्न र पढाउनतिर सक्रिय हुन थाल्नु भयो । रवीन्द्रको जीवन भने राजनीतिले नै परिभाषित गर्दै गयो र युवा पुस्ताको विस्तारै एक स्थापित नेता हुँदै जानु भयो ।

सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएको २० वर्षपछि उहालाई खोज्दै राजनीति विद्याकै घरमा आईपुगेको छ । परिवारको जिम्मेवारी, साथीसंगीको भरोसा र पार्टी पंक्तिको विश्वास उहासम्म आइपुगेर टक्क रोकिएको छ । राजनीतिप्रतिको गहिरो प्रेम स्वयं विद्याकै संवादमा पनि झल्किन्छ ।

२०४६ सालमा पद्मकन्या क्याम्पस भर्ना भएलगत्तै अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्यता लिनु भएको थियो । २०४८ मा पोखरामा अनेरास्ववियुको सम्मेलन भयो, त्यो बेला विद्या पहिलोपटक पोखरा जानु भएको थियो । त्यतिखेर पोखरेली विद्यार्थी राजनीतिमा ‘पपुलर’ रवीन्द्रलाई उहाले झुलुक्क देख्नु भएको थियो । एउटा मीठो संयोग पर्‍यो, २०४९ को स्ववियु चुनावमा रवीन्द्र पृथ्वीनारायण क्याम्पस पोखराबाट सभापतिमा उठे, विद्या पद्मकन्याबाट । रवीन्द्रले जित्दा विद्या पराजित हुनुभयो । ०५१ मा विद्या अनेरास्ववियुको महिला विभाग प्रमुख हुनुभयो । राजनीतिक यात्रा विस्तारै उहाकै लयमा अघि बढ्दै थियो । रवीन्द्र संगठनका कोषाध्यक्ष हुनुहुन्थ्यो । संगठनका सबैलाई पढ्नुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो । सानैदेखि पढाइमा रुचि राख्ने विद्यालाई रवीन्द्रको त्यो कुरा मन पर्थ्यो ।

‘तिनताक राजनीतिमा लागेका अरूले पढाइलाई नै ध्यान दिनुपर्छ भनेको मैले त्यति सुनिन, तर उहाँले राजनीतिसँगै पढाइ पनि अघि बढाउनुपर्छ भनेर खुब प्रेरित गर्नुहुन्थ्यो’, विद्या सम्झनुहुन्छ । संगठनमा बस्दै जाँदा उहाहरूबीच कुरा मिल्न थाल्यो । प्रेम सम्बन्धका हल्लाहरू चले । बिहे गर्नुपर्छ भनेर साथीहरूले सुझाव दिन थाले । यसरी पात्रोमा लगन नजुरे पनि ०५६ असार २६ मा उहाहरूले स्वयंवर गर्नुभयो । त्यसकोअघिल्लो दिनै उहाहरूले जिल्ला अदालत गएर विवाह दर्ता गराइसक्नु भएको थियो ।

रवीन्द्रको निधनपछि विद्याको घर मात्रै होइन, कास्कीको क्षेत्र नम्बर २ पनि रिक्त छ । यहाँबाट वामदेव गौतम उठ्ने कुरो सुरुमा चलेको थियो । तर, कास्केली जनताले उम्मेदवार विद्या नै भइदिए हुने भन्ने अभिमत अघि सारे । गौतम स्वयंले पनि त्यहाँको उपयुक्त उम्मेदवार विद्या नै हुन् भनेर भनिसकेपछि जिल्ला कमिटिले उहाकै नाम सर्वसम्मत सिफारिस गरेको हो ।

रवीन्द्रको निधनपछि विद्याको घर मात्रै होइन, कास्कीको क्षेत्र नम्बर २ पनि रिक्त छ । यहाँबाट वामदेव गौतम उठ्ने कुरो सुरुमा चलेको थियो । तर, कास्केली जनताले उम्मेदवार विद्या नै भइदिए हुने भन्ने अभिमत अघि सारे । गौतम स्वयंले पनि त्यहाँको उपयुक्त उम्मेदवार विद्या नै हुन् भनेर भनिसकेपछि जिल्ला कमिटिले उहाकै नाम सर्वसम्मत सिफारिस गरेको हो ।

एउटा आस्था र समाज बदल्ने अनुप्रेरणाले राजनीतिमा लाग्नु भएको थियो विद्या उसबेला । कमाउ र रमाउको संस्कारमा हुर्किरहेको आजको राजनीतिमा हेलिएर यतिका दुःखले बनाएको स्वच्छ परिचय गुम्ला भन्ने चिन्ता एकातिर छ भने अर्कातिर रवीन्द्रको विरासत मात्रै नभएर कास्केलीको मायालाई बेवास्ता गरेको ठहरिएला भन्ने भय अर्कातिर छ । यसमाथि, राजनीति उहाका लागि हिँड्न छाडेको बाटो अवश्यै हो तर परित्यक्त होइन ।

रवीन्द्रसँग पोखरेलीहरूको मानवीय सम्बन्ध थियो, कुनै दूरी नै थिएन । अहिले ती आँखाहरूले उस्तै सामीप्य बोक्ने नेतृत्वको खोजी गरिरहेका छन् । ‘वास्तवमा म राजनीतिबाट कहिल्यै पनि विमुख थिइनँ’, विद्या भन्नुहुन्छ, ‘अबको राजनीति सामाजिक क्षेत्रले नेतृत्व गर्ने हो ।’ समाजशास्त्रमै प्रध्यापन गराउने भएकाले होला उहा समाज र राजनीतिलाई समाजशास्त्रीय दृष्टिले नै हेर्न रुचाउँनुहुन्छ ।

अहिले जनतामा बढेको सत्ताविरोधी मानसिकता र पदमा पुगेपछि खाउँखाउँ लाग्ने नेताको प्रवृत्तिका कारण जनता र नेताबीच तालमेल नभएको विश्लेषण विद्याको छ । यो प्रवृत्ति नसुध्रिएसम्म समाज रूपान्तरण हुन नसक्ने ठम्याइसहित उहा भन्नुहुन्छ, ‘हामीले राजनीतिलाई समाजका अरू क्षेत्रसँग पनि जोडेर अघि जान सक्नुपर्छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.