काठमाडौं, माघ २ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकै दको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्।
माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन्। रेशमलगायत साथीहरू छुट्न बाँकी छ। छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ।’
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।
त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद ठहर गरेको थियो।
कैलाली अदालतको फैसला पुनरावेदनका लागि चौधरीलगायत उच्च अदालत दिपायल गएका छन्। उनको मुद्दा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा चलिरहेको छ। मुद्दाको पेसी ७ माघका लागि तोकिएको छ।
‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा भेटेर के हो तपाईंको कुरा राख्नुहोस् भन्ने पहिलो व्यक्ति प्रचण्ड थियो भन्ने तपाईंहरूले नबिर्सनुहोला। प्रधानमन्त्रीको हैसियतले मैले भेटेको हुँ’, दाहालले टुँडिखेलमा भने, ‘तपाइँहरुले के बिर्सन पाउनुहुन्न भने डिल्लीबजार खोरमा गएर रेशमलाई भेट्ने पनि मै हुँ भन्ने बुझिराख्नुस्। सभामुख, सरकार र पार्टीलाई भनेर कम्तीमा पनि रेशलाई शपथ गराउनुपर्छ, माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म हुँ भन्ने नबिर्सनुहोला।’
चौधरी राजपाका तर्फबाट कैलाली १ बाट प्रतिनिधिसभामा विजयी भएका हुन्। ०७५ पुस १९ मा चौधरीलाई डिल्लीबजार सदरखोरबाट सिंहदरबारमा ल्याएर तत्कालीन सभामुख कृष्णबहादुर महराले सांसदको शपथ खुवाएका थिए।
थरुहट र राजपाले चौधरीलगायत टीकापुर घटनामा मुद्दा लागेका माथिको मुद्दा फिर्ता लिन र उनलाई रिहा गर्न सरकारमाथि दबाब बढाइरहेका बेला सरकारकै नेतृत्व गरिरहेको दल नेकपा अध्यक्ष दाहालले उनी छिट्टै छुट्ने बताएका हुन्।
Vendita Viagra Negozio buy cialis online with prescription
how does gabapentin work
hcq 400 mg
Precio De Levitra 10 Mg En Farmacia
Propecia Cipla Pharmacy
cialis super active
Keflex Smells Bad
propecia before and after pictures