
बलिउडकी चर्चित अभिनेत्री सायंतानी घोषको फ्यान फलोइङ निकै राम्रो रहेको छ । उनको अभिनय र सौन्दर्यलाई फ्यानहरुले एकदमै मन पराएका छन् । नायिकाले ठूला टिभी शोदेखि लिएर धेरै फिल्ममा पनि अभिनय गरेकी छिन् । जसमा उनले एकभन्दा बढी कलाकारसँग काम गरिसकेकी छिन् । सायंतानी घोष सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
हालै उनले एउटा ठूलो खुलासा गरेकि छिन् । सायंतानी घोष ती अभिनेत्री मध्ये एक हुन् जो चर्चामा रहने गर्छिन् । कहिले तस्विरका कारण चर्चामा रहन्छिन् त कहिले शोका कारण । तर यसपटक उनी आफ्नो एउटा खुलासाका कारण चर्चामा छिन् । उल्लेखनीय कुरा के छ भने फिल्मस्टार देखि आम मानिससम्म सबैजना बडी शेमिङको सिकार भएका छन् ।
मानिसहरु आफ्नो शरीरको संरचनालाई लिएर कसैलाई ट्रोल गर्छन् । सायंतानी घोषको साथमा पनि यस्तै भएको छ । जब अभिनेत्री उनको किशोरावस्थामा थिईन् त्यसपछि मानिसहरूले उनको स्तनको आकारलाई लिएर खिल्ली उडाउने गर्थे। अभिनेत्रीलाई पटकपटक खिल्ली उडाइने गरिएको थियो । अभिनेत्रीले आफ्नो खुलासामा भनिन् कि मानिसहरूले उनलाई फोन गरेर उनको स्तनको साइज सोध्ने गर्थे । जसबारे अभिनेत्रीले भन्छिन्– संसारमा यस्ता धेरै कुरा छन् ।
जसमा खुलेर कुरा गर्नु निकै जरुरी छ । जसमा बडी शेमिङ एउटा महत्वपूर्ण विषय हो । महिलाको स्तनको साइजमा पुरुषलाई किन यति चासो हुन्छ भन्ने कुरा आफूले नबुझेको अभिनेत्रीले बताइन् । कतिपय युवतीले पनि यस्ता कार्य गर्छन् । यो सुनेर सायंतानी घोषका फ्यानहरु निकै छक्क परेका छन् । अभिनेत्री सायंतानी घोषले सबैको मन ठूलो हुनु पर्ने बताइन् ।
जसमा सबैको लागि धेरै माया, आत्मसम्मान, आत्म प्रेम र अरूको सम्मान छ। उनको खुलासाले निकै चर्चा पाइरहेको छ । सायंतानी घोषले आफ्नो प्रेमीसँग विवाह गरेकी थिइन् । दुबैले धेरै वर्ष एकअर्कालाई डेट गरे । त्यसपछि उनीहरुले एकअर्कासँग विवाह गरे । फ्यानले दुबैको जोडीलाई निकै मन पराउँछन् ।