
आधुनिक संसारभन्दा धेरै टाढा जंगलमा ४१ वर्षसम्म जीवन बिताएका रियल लाइफ टार्जन हो भान लांगको निधन भएको छ ।
उनलाई ८ वर्ष पहिले मात्रै जंगल’बाट सामान्य मानिस’हरुको संसारमा ल्याइएको थियो । उनको ५२ वर्षको उमेरमा गएको सेप्टेम्बर ६ का दिन कलेजोको क्यान्स’रका कारण नि’धन भएको थियो ।
भियतनामका हो भान लांगलाई उनका पिताले ३ वर्षको उमेरमा जंगलमा लिएर गएका थिए र उनले त्यहाँको जंगलमा आफ्ना पिताको साथमा ४१ वर्ष बिताएका थिए ।
उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलहरु छन्, महिलाहरुसँग शारीरिक सम्बन्धपछि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन । हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगल’भित्र बसेर बिताए ।
भियतनामको यु:द्धका बेला भागेर जंगल पसेका उनी’हरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए ।
उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मारेर खाए । ४ दशक’सम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।
थान्ह त्यतिबेला सेनामा थिए । १९७२ मा अमेरिकी सेनाको बमले उनकी श्रीमती र दुई सन्तानलाई मारिदिएपछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगलभित्र भाग्ने निर्णय गरेका थिए ।
त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका थिए । उनीहरु पछिल्लो समय जंगलनजिकै एउटा घरमा बस्ने गरेका थिए ।
२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दुर्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए । उनले लांगसँग जंगलमा जीवित रहने तरिकाहरुबारे जान्न चाहेका थिए ।
तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै संघर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।
‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौ न इच्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन सेरेजोले भनेका थिए ।
लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए ।
सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टाउको र आन्द्राभुँडी पनि खान्थे ।’
उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरु’बाट विभिन्न भाँडा-कुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक उनका पिताको स्वास्थ्य बिग्रियो ।
‘उनका पिताको खराब मानसि’क अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै तना’व र एङजाइटीमा बाँचेका थिए । कहिलेकाहीँ उनी रातभरी जागा बस्थे सेजारोले भने ।
जब उनीहरु’लाई अरु मानिसले फेला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए ।
रातमा बल्बबाट प्रकाश आइ’रहेको देख्दा उनी छक्क पर्थे । लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलोपटक टेलिभिजन देखे ।
यो यस्तो चीज थियो जस’बारे उनका पिताले उनी युवा हुँदा भनेका थिए । त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग पछिल्लो ८ वर्ष आधुनिक गाउँमा बसेका थिए तर यो ८ वर्षको अवधिमा पनि उनले सामा’जिक नियमलाई भने बेवास्ता गरेरै बिताए ।