प्रेमीकासँग बिहे गरेका सुनिल गिरीको दाम्पत्य जीवन फलोस फुलोस, बधाई अनि शुभकामना

गायक सुनिल गिरीले बिहे गरेका छन् । उनले जर्मनमा बस्दै आएकी प्रेमिका अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । सामाजिक संजालबाट उनले बिहे गरेको जानकारी दिएका हुन् । जर्मनीमा बस्दै आएकी अञ्जुसँग बिहे गरेको जानकारी दिदै सुनिलले अब उनी आफ्नो घरको इज्जत भएको पनि उल्लेख गरेका छन् ।

उनीहरु केही बर्षदेखि प्रेममा रहेका थिए । सुनिलले आफ्नो जीवनसाथीलाई समर्पित गर्दै ‘भाग्यमानी’ बोलको गीत समेत सार्वजनिक गरेका छन् । सुनिलले ‘सोल्टिनी, झरी परेको राता, झम्के साँझ, को होला त्यो’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । प्रेमीकासँग बेहे गरेका सुनिल गिरीको दाम्पत्य जीवन फलोस फुलोस, बधाई अनि शुभकामना।

सुनिल प्रेमिका र मेलोडियस गीत सृजना गर्न र गाउन खप्पिस गायकको रुपमा चिनिन्छन् । विवाहको खबर बाहिरिएसँगै लाखौं शुभचिन्तकले उनलाई बधाई दिइरहेका छन् । उनले विवाहको एक भिडियो पनि आफ्नो युटुब च्यानल मा राखेका छन् ।

उनले फेसबुक मार्फत एक स्टाटस लेख्दै भनेका छन्- अँगालाे हाली सम्झाउन मन छ, तिमी घरकाे इज्जत हाे अब, खुशीले सिमा नाघेर आयाे, लगनकाे गाँठाे बाँधियाे जब,Happy Married life dear wife Anju Acharya भन्दै खुशी ब्यक्त गरेका हुन् ।

खोटाङको हलेसीमा सौर्यबत्ती जडान
खोटाङ, १६ मङ्सिर (रासस):
प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।

सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिनुभयो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु सात लाखमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ ।

हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।