यी युवती जसले सर्वोच्चको गेट अगाडि रातो फ्याँकेपछि एकाएक चर्चामा आइन्, आखिर उनी को हुन् ? किन फ्याकिन् रातो ?

काठमाडौं :सेतो पहिरनमा आएर सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ? जसले कडा सुरक्षका बिच पनि चिच्याउदै रंग फ्याकिन् ।

सर्वोच्चको गेट अगाडि सेतो पहिरन लगाएकी एक युवती रातो रंग फ्याँकेकी छन् ।ट्याक्सीमा आएर सरासर ओर्लिएपछि रातो रंगको घोल राखिएको बट्टा उनले सर्वोच्चको गेट अगाडि फ्याकेकी हुन् ।

श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै उनले चिच्याएर रातो रंगको घोल फालेकी हुन् । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने रु १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय रु’नी सर्वोच्च अदालत आउन लागेको प्रहरीलाई पहिल नै जानकारी भएकाले प्रहरीहरुको तैनाथी बढाइएको बताइएको छ ।

तर ती युवतीलाई रातो रंग फ्याँक्नबाट प्रहरीहरुले रोक्न सकेनन् । रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ
काठमाडौँ, १३ मङ्सिर (रासस) :
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभयो ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने । उहाँ २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी हुनुभएको थियो ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मनुभएका महासेठ हाल नख्खु, ललितपुरमा बस्नुहुन्छ । उहाँको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गर्नुभएको छ ।
एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८÷०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

उहाँ २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गर्नुभएको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गर्नुभएको थियो । विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो ।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गर्नुभएको थियो ।

उहाँले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गर्नुभएको थियो । उहाँको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।
राजनीतिक घटनाक्रमका क्रममा २०२८÷०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बस्नुभएको थियो । राजनीतिक आन्दोलनको क्रममा पटक÷पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसक्नुभएको छ ।