वैज्ञानिकले गरे आँपको रुख जस्तै एक पटक लगाए वर्षौसम्म फल्ने धानको विकास

काठमाडौं । चीनमा हजारौं किसानहरुले नयाँ खालको धान उमार्न थालेका छन् । यसले पुराना वैज्ञानिकहरूको सपना साकार पारिदिएको छ । यो सदाबहार खालको धान हो । यसलाई हरेक सिजनमा लगाउनै पर्दैन । माटोमा रहेको पुराना जराबाटै वर्षौ वर्ष धान फलिरहन्छ ।

चीनको कुनमिङस्थित युनान विश्वविद्यालयका अनुसन्धाताहरुले यो धान उमार्न दुई दशकभन्दा लामो समय काम गरेका थिए ।नेचर सष्टेनबिलिटी जर्नलमा यो सफलताको कथा सार्वजनिक गरिएको छ ।यो सदाबाहार धानका लागि खासै धेरै मेहनत चाहिन्न यसले सोही परिमाणमा धान उत्पादन गर्न कृषकहरूले गर्नुपर्ने मेहनतलाई पनि नाटकीय ढंगले घटाउँछ ।

धानको वर्षौ पुराना जराको वातावरणीय लाभ पनि छ । तर यो लाभ पूष्टि गर्न वैज्ञानिकहरुलाई थप डेटा चाहिन्छ ।यो साच्चै नै ठूलो कुरा हो भन्छन् इलिनोइस विश्वविद्यालयका वनस्पति अनुवांशिकीविद् एरिक स्याक्स । यसले हाम्रो कृषिसम्बन्धी सोचाईको तरिका फेर्ने उनको भनाई छ ।

नयाँ अध्ययनमा स्याक्सले चिनियाँ वैज्ञानिकहरुसँग सहकार्य गरेका थिए । स्याक्स समेत केही वैज्ञानिहरुले यसले कृषि क्षेत्रको भावी परिदृश्यलाई परिवर्तन गर्ने सदाबाहार धान बालीको कल्पना साकार पार्ने आशा गरिएको छ ।यसले कमजोर माटोलाई जोगाएर राख्ने छ भने प्राकृतिक पर्यावरणलाई पनि समृद्ध बनाउनेछ ।

तर गहुँ र मकै जस्ता अन्य प्रमुख अन्न बालीमा यो सफलता दोहोर्याउन सकिनेमा भने अन्य केही वैज्ञानिकहरुले शंका व्यक्त गरेका छन् ।चिनियाँ वैज्ञानिकहरुले सन् १९७० को दशकमै सदाबाहार धान बालीको विकास गर्न खोजेका थिए । तर उनीहरु असफल भए ।

क्रस पोलिनेटिङ गरेर उनीहरुले सन् १९९६ मा महत्वपूर्ण ब्रेकथ्रु हासिल गरे । तर धानको बिउ जोगिएन । वैज्ञानिकहरुले यसबाट नयाँ, हाइब्रिड धानको बोट उमार्न टिस्यु कल्चर नामक प्रयोगशाला विधिको प्रयोग गरे । यो धानको बोटमा स्थायी भएर लामो समयसम्म बाँच्ने जरा थियो ।

तर यसलाई अन्य धानको बोटसँग क्रसब्रेड पनि गर्न सकिन्थ्यो ।युनान विश्वविद्यालयका अनुसन्धान समूहका नेता शिलाई चाङ र नउको सहकर्मीहरुले हाइब्रिडाइजेशनबाट धानका हजारौं बिउ निकाले । उच्च गुणस्रतको पर्याप्त धान फलाउन सकिने सदाबाहार धानको बिउ निकाल्ने कोशिश गरे ।

यस क्रममा उनीहरु पटक पटक असफल भए । वैज्ञानिहरुले धान नभएर झार मात्रै रोपिरहेको हो कि भनेर स्थानीय किसानहरुले सोच्न समेत थालिसकेका थिए ।तर सन् २०१८ मा अन्ततः सदाबाहार धानको प्रजाति हात पर्यो । यसलाई चीनका किसानहरुमाझ बाँडियो ।

अन्य जातका धान चाँहि २ वर्षपछि बजारमा गए । अनुसन्धाताहरूका अनुसार सन् २०२० यता झन्डै ११ हजार साना किसानहरूले ९ हजार एकड क्षेत्रफलमा सदाबाहर धान रोपेका छन् । एक वर्षपछि नयाँ जातको धान लगाउने किसानको संख्या चौब्बर भयो अनि धान खेति गरिएको क्षेत्र ३८ हजार एकडमा पुग्यो ।

चाङका अनुसार कम मिहेनत लाग्ने भएकोले कयौं किसानहरू सदाबाहार धान खेतिप्रति आकर्षित भएका छन् । चीनको केही धान उत्पादन गर्ने क्षेत्रमा युवाहरू धान खेतिबाट टाढिरहेका छन् । बाँकी सबै किसान बुढा छन् । सदाबाहार धान खेतीले उनीहरुलाई धान खेतिका लागि गर्नु पर्ने मेहनल घटाउन अनुमति दिएको छ ।

हरेक वर्ष धानको बियाड राख्ने, बिउ खेतमा लगाउनु पर्ने झन्झट र यसको लागि गर्नु पर्ने खर्च घटेको छ । यसले धान खेति गर्ने खर्च आधा कम गर्ने युनान विश्वविद्यालयका अनुसन्धाताहरु बताउँछन् ।तर नयाँ धानले सधैं पर्याप्त उत्पादन भने नगर्ने देखिएको छ ।

खेतमा गरिएको परीक्षणहरुमा धान फल्न थालेको चार वर्षपछि उत्पादन घट्न शुरु हुने पाइएको छ । यो भनेको आठ सिजनको धान खेति हो । अर्थात् हरेक ४/४ वर्षमा भने किसानहरुले धानको बिउ फेरि लगाउनु पर्ने हुन्छ ।चीनको कूल धान खेतिमा सदाबाहार धान खेतिको हिस्सा गन्नै नसक्ने गरी कम छ ।

यसको खेति कति व्यापक होला भनेर अहिले नै अनुमान गर्नु अति नै छिटो हुने चाङको भनाइ छ । पानी टन्नै भएको ठाउँमा यो सजिलो फल्छ । कम पानी भएको ठाउँमा पनि यो बच्छ । तर हिउँ नै जम्ने चिसोमा भने यी धानका बोट बाच्दैनन् । सिँचाई कम भएका पहाडी क्षेत्रका लागि यो सबैभन्दा ठूलो वातावरणीय वरदान हुन सक्छ ।

फिलिपिन्सले सन् १९९० को दशकमा पहाडी क्षेत्र, सुख्खाले भेटिहाल्ने ठाउँमा सदाबाहार धान बालीको विकास गर्न खोजेको थियो । तर प्रगति निकै सुस्त भएको अनि रकम अभावका कारण यो कार्यक्रम हटाइयो ।स्याक्स समेत केही अनुसन्धाताका लागि सदाबहार धानका जातले अहिलेका मुख्य बालीको लागि सदाबाहार विकल्प सृजना गर्न सकिन्छ कि भन्ने आशा देखाएको छ ।

गहुँ, धान र मकै वर्षेनी लगाउनु पर्छ । यिनै बालीले शताब्दीऔं देखि मानवहरुलाई बचाइरहेको छ, जोगाइरहेको छ । तर यसलाई उमार्ने क्रममा वातावरणमा भारी क्षति भएका छन् । सदाबाहार धान बालीले यो समस्या कम गर्ला कि ? एजेन्सीहरुको सहयोगमा