मतान्तर बढाउदै ज्ञानेन्द्र शाही, कसले कति पाए मत !

काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ७ हजार ८२८ मतान्तरले अग्रता बढाएका छन् ।

साढे २ बजेको परिणाम अनुसार अहिलेसम्म ३१ हजार १७३ मत गन्दा शाही १६ हजार १८ मत प्राप्त गरेर पहिलो स्थानमा छन् ।उनलाई पछ्याउदै सत्ता गठबन्धनकी उम्मेदवार गोमा गौतम कुवँरले ८ हजार १९० मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका रतननाथ योगीले ४ हजार १२५ मत प्राप्त गर्दा मादलका डिल्ली काफ्लेले ७४९ मत प्राप्त गरेका छन् । १७ सय ४१ मत बदर भएको छ ।

सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी
सर्लाही, ७ मङ्सिर (रासस)ः
सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गर्नुभएकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाउनुभएको थियो । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याउनुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा(एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएको थियो ।
–––