चितवन–२ मा रवि लामिछाने अग्रस्थानमा, दोस्रोमा झरे एमालेका पोखरेल

केदार शर्मा,चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ४ हजार ७ मतका साथ अग्रता लिएका हुन् ।

उनले नेकपा (एमाले)का कृष्णभक्त पोखरेललाई १२८ मतान्तरले पछि पारेका छन् । दोस्रो स्थानमा रहेका एमालेका पोखरेलले ३ हजार ८७९ मत प्राप्त गरेका छन् ।

यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत प्राप्त गरेका छन् ।

काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौँ, ६ मङ्सिर (रासस) :
नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो ।

पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो ।

उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला हुनुहुन्थ्यो । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ हुनुहुन्थ्यो ।