३५ लाख तलब सुनेपछि इन्जिनियर युवती तयार, यौ’न सम्पर्कपछि उल्टै युवतीकै ३० लाख लिएर पुरुष गायब

काठमाडौं । वैवाहिक साइटमा नक्कली परिचयपत्र बनाएर विवाहको बहानामा युवतीलाई सम्पर्क गरी शा रीरिक सम्बन्ध राखेर अवैध रुपमा रकम असुल्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

यो भारत नोयडाको सेक्टर–२४ को प्रहरी कार्यालयमा दर्ता भएको मुद्धा हो । अभियुक्त मंगलबार पक्राउ परेका छन् । आरोपीको पहिचान गाजियाबादको खोडाका राहुल चतुर्वेदीको रूपमा गरिएको छ।

आरोपित केटा बिहेको तयारीमा थियो
उनीहरुको साथबाट होण्डा सिटी कार, सुनका गरगहना, इलेक्ट्रोनिक सामान, भाँडाकुँडा लगायतका ब्राण्डेड कपडा बरामद गरिएको छ ।

चर्चित कम्पनीमा इन्जिनियरका रुपमा कार्यरत युवतीले बिहेका लागि जीवनसाथीको खोजी गरिरहेकी थिइन् । वैवाहिक साइटमा उक्त पुरुषलाई युवतीले भेटेको अतिरिक्त डीसीपी आशुतोष द्विवेदीले बताए ।

यसै क्रममा राहुलले एक टेलिकम कम्पनीमा सिनियर अफिसर भएको देखाउँदै युवतीसँग सम्पर्क गरेका थिए । उनले आफ्नो तलब ३५ लाख रहेको बताएका थिए । त्यसपछि युवती र राहुलबीच कुराकानीको सिलसिला सुरु भयो । राहुलले विवाहको बहानामा युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए ।

बहिनीलाई क्यान्सर भएको बताएर विहेको नजिक छ सहयोग गर भन्दै उनले युवतीबाट ३० लाख रुपैयाँ लिए । पैसा ट्रान्सफर गरेपछि युवकले मोबाइल स्वीच अफ गरे । युवतीले धेरै दिनसम्म युवकसँग कुरा गर्न नसकेपछि युवक अफिसर भएको कुरा गरिरहेको कम्पनीमा पुगिन् ।

कम्पनी व्यवस्थापनले राहुल नामका युवा आफ्नो कम्पनीमा काम नगर्ने बताएको छ । योजना अनुसार युवतीबाट पैसा लिन सकोस् भनेर युवकले बहिनीलाई क्यान्सर भएको कुरा पनि झुटो बोलेको खुलेको थियो ।

अभियुक्त अर्की महिलासँग बस्छन्
सोधपुछका क्रममा राहुलले जीवन साथी डट कममा फेक आइडी बनाएर विवाहको झूटो बहानामा युवतीहरूलाई आफ्नो जालमा फसाउने र शारीरिक दुव्र्यवहार गरी पैसा ठग्ने गरेको बताए । अहिले राहुल अर्की महिलासँग बस्दै आएका छन् । घटनामा महिलाको पनि संलग्नता रहेको बताइएको छ ।

प्रहरी कार्यालयका इन्चार्ज अमित कुमारले युवतीबाट पैसा आफ्नो खातामा ट्रान्सफर गरेपछि आरोपीले सम्बन्धित महिलाको खातामा ट्रान्सफर गर्ने गरेको र महिला र आरोपीले त्यसैमा रमाइलो गर्ने गरेको देखिएको बताए ।