
धेरै दर्शकहरुले मन पराएको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला भद्रगोल र सक्कीगोनिमा आफ्नो गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन्।
उनले आफ्नी छोरी माहिरासँगका तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन्। सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो।
उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन्। उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन्।
धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन्।
सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । मलाई रुन ठूलो कारण चाहिँदैन त्यत्तिकै पनि आँशु आइहाल्छ,उनी भन्छिन्। यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ। अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन। प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु रक्षाले भनिन्।
पछिल्लो समय उनले छोरीसँग रमाएका केहि तस्बिर साझा गरेकी छन। जहाँ क्युट छोरीको साथमा निखारिएको सुन्दरता देख्न सकिन्छ।
नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौँ, २ कात्तिक (रासस) :
निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिताविपरीतका काम गरेको भन्दै स्पटीकरण सोधेको छ ।
आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन स्थगन गरी निर्वाचन आचारसंहिताविपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराएको हो ।
उक्त नगरपालिकाले असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरेर गणपूरक सङ्ख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका लागि बोलाइएको अधिवेशन हाललाई स्थगन गर्न निर्देशन दिएको हो ।
“नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपि निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाइ नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन”, सो स्पष्टीकरणपत्रमा भनिएको छ ।
निर्वाचन आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्डमामा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको छ । दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत “वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर, सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन”, भन्ने व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ ।
–––
Leave a Reply