काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रीमान विकास तामाङ एकाएक जहा’जबाट गा’य’ब भएका छन् । परिवारको खुशीका लागि धन कमाउन भनि विदेश गएका श्रीमानले केही समयको बसाइ पश्चात कतारको राति २ बजे फलाइट छ मलाई काठमाडौं एयरपोर्टमा बिहान ७ बजे लिन आउँ भनेका थिए । श्रीमती मिना बिकलाई लिन विमानस्थलमा नै बोलाएका थिए । काठामाडौं कोठा लिएर बस्दै आएकी मिना बिहानै ६ बजे एयरपोर्टमा लिन पुगिन् ।
तर दिउँसो १ बजेसम्म फर्किएनन् । त्यसपछि मिना रुदै करा,उँदै आफ्ना समस्याको समाधान हुन्छकी भनेर मिडियामा आएकी छन् । कतारबाट २ बजेको टिकट छ भनी बताएका श्रीमान विकासले भिडियो कलमा सबै प्याक गरिएका समानहरु देखाएका थिए । जेठी श्रीमतीको मृ’त्यु’पछि कान्छि मिना ल्याएका ती विकासले कतार गएपछि वास्ता नगरेपछि श्रीमतीका माइतीले फोन नगर त्यसलाई बिर्सिनु भन्दा पनि आफूले माया गरिरहेको मिना बताउँछिन् ।
केही समयपछि श्रीमानसँग राम्रै सम्बन्ध रहेको तर केही समय यता पैसा पठाउँनु भन्दा श्रीमतीलाई भित्री अंग देखाउन लगाउने अनि मात्र १० हजार देखि १५ हजारसम्म पठाइ दिने गर्दथे । उनले भनिन् भित्री अंग देखाउँन मानेन भने पैसा आउँदैन थियो । भिडियोमा देखाएपछि मात्र पठाइदिन्थे । फोनबाट सम्पर्क गरेर माया बसेकी एकजना महिलासँग फोन सम्पर्क भइरहने र पैसा पनि उनीलाई नै पठाइदिने गरेको मिना बताउँछिन् ।
उनका अनुसार विकास लामालाई कुन म’हिला’सँग हुनुहुन्छ ? कहाँ हुनुहुन्छ सम्पर्कमा आउँन अनुरोध गरेकी छन् । उनले नेपाल आएर त्यही केटीसँग गएको र आफूलाई धोका दिएको शंका गरेकी छिन् । तेस्तै एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चा’त्ताप भइरहेको बताएका छन् । दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए।
तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। “मैले नजितेको भए हुन्थ्यो,” उनले भने, “बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।” अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।
अनुप के भन्छन्? == उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो। छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो। “जितेपछि म ज्यादै प्रसन्न भएको थिए,” उनले हालैको एउटा भिडिओमा भनेका छन्, “घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।” तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन्।
“म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बि’रा’मी छ तर म उसलाई अस्पतालसमेत लैजान पनि सक्दिनँ।” सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए। “सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,” उनले भने।
अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्तहरूकोमा बसिरहेका छन्।राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोजना गर्ने बताएको छ।