सवारी चालक अनुुमतिपत्रको परीक्षामा अनुुतीर्ण भएकाहरुले पनि लाइसेन्स पाएको तथ्य खुलको छ । यातायात व्यवस्था कार्यालय जनकपुरले ट्रायल फेल भएपनि पास गराएर धमाधम लाइसेन्स बाँडेको हो ।
हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएपछि हलचल भएको हो । प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट पास देखाइएर लाइसेन्स दिइएको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको खाता प्रयोग गरेर अ’वैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको छ ।
सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको मधेस प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले जनाएको छ ।
वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको छ ।
अवैध तरिकाले वितरण गरिएको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालय जनकपुरले यातायात व्यवस्था विभाग र मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराएको छ ।
वीरगन्ज कार्यालयले प्रयोगात्मक परीक्षामा पास गरेका परीक्षार्थीको सूची तयार गरेको थियो । पास भएकाको नाम सूचीबाट लाइसेन्सका लागि राजस्व बुझ्ने क्रममा अवै’ध रुपले फेल भएकालाई सर्भरमा पास गरेको पाइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साहले बताए ।
लाइसेन्सको राजस्व बुझाउने क्रममा कार्यालयले तयार गरेको सूचीमा फेल तर सर्भर ईडीएलभीआरएसमा पास भएको देखिएपछि शं’का लागेर क्रस चेक गर्दा जनकपुरबाट रातिको समयमा सर्भरमा रिजल्ट अपडेट गरेको पाइएको थियो । त्य
सपछि भने ६२ जनाकै लाइसेन्स रद्द गरिएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख साहले बताए ।
बि’चौलियाको फन्दामा सेवाग्राही,
यातायात कार्यालयहरूमा बि’चौलियाको ‘बिगबिगी’ छ । अ’ख्तियार दुरु’पयोग अनुसन्धान आयोगले न’क्कली लाइसेन्स बनाएर ‘बिक्री गर्दै आएका कर्मचारीसहित १७ जनाविरु’द्ध भ्र’ष्टाचार मु’द्दा दायर गरेको छ ।
अख्तियारले केही महिनाअघि यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुईजना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनावि’रुद्ध भ्र’ष्टाचार ‘मुद्दा दायर गरेको छ । जसमध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी छन् । पाँचजना बि’चौ’लिया हुन् ।
केही कर्मचारीलाई नक्कली लाइसेन्स बनाउँदै बिक्री गरेको अ’भियोग छ । विभाग, यातायात कार्यालय र मन्त्रालयका आन्तरिक टकराबले गर्दा सेवामा सुधार आएको छैन । सेवाग्राहीहरुले घण्टौँसम्म लाइन बस्नुपर्ने र बि’चौलियाको फन्दामा पर्नुपर्छ ।