विद्यादेवी भण्डारीको पु’त्ला ज’लाउन थालिएपछि प्रधानसेनापतिले एकाएक दिए यस्तो निर्देशन, अब के होला ?

काठमाडौं । यतिबेला सर्वाधिक विवादित बनेको नागरिकता विधेयकलाई लिएर राजनीतिक वृतमा रडाको मच्चिरहेको छ । राजनीतिक दलहरु विभाजित बनेका छन् । सत्ताको नेतृत्व गरिरहेकै दलका भातृसंगठनहरु यही विधेयकलाई लिएर सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन थालेका छन् ।

नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले आइतबार राष्ट्रपति भण्डारीको पुत्ला जलाएको थियो । यस्ता गतिविधीले आम नागरिकलाई आक्रोशित र निराश बनाएको छ । नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर हुनुपर्ने राजनीतिक विश्लेषकहरु र राजनीतिका जानकारहरु बताउदै आइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक विवादमा तानिएका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले नेपाली सेनाले संवैधानिक जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था आएको भन्दै सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

नागरिकता विधेयकका केही प्रावधानप्रति असन्तुष्टि देखाएका कारण राष्ट्रपति भण्डारीलाई अहिले विवादमा तानिएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायरा मिचेको आरोप सत्ता पक्षीय दलहरुले लगाएका छन् ।

नागरिकता विधेयकबारे अहिले राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता, कानूनविद र सुरक्षा निकायका पूर्वसुरक्षा उच्च अधिकारीहरुसँग परामर्श गरिरहेकी छन् ।

राष्ट्रपति विवादित रहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति शर्माले राष्ट्रिय हितको संरक्षण, प्रर्बधन र संवैधानिक दायित्व गर्नुपर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भन्दै तयारी अवस्थामा रहन भनि दिएको निर्देशन अर्थपूर्ण रहेको चर्चा राजनीतिक वृतमा सुरु भएको छ ।

प्रधानसेनापति शर्माले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । सम्बोधनकै क्रममा शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण पनि नेपाली सेनाले गरिरहेको बताएका छन् ।

उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख समेत गरेका छन् । प्रधानसेनापति शर्माले नेपाली सेना सवै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्दै राज्यमा उत्पन्न संकट समाधानका लागि नेपाली सेना तयार भएर बस्नुपर्ने बताएका थिए ।

नेपाली सेनाको मूल्य र मान्यतामा रही सकलदर्जाले अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा शर्माले जोड दिएका छन् । निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उनले सेनालाई निर्देशन दिएका छन् ।