भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमि नगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक जग्गा, सडक अतिक्रमण गरी बनाइएका संरचना यो सूचना प्रकाशन भएको ३५ दिनभित्र हटाइसक्न भनेको हो।
अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ। सूचनामा अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको उल्लेख गरिएको छ।
३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसीमाभित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। य्तास्तो छ सुचना –
‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरीत सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ’,
नगरपालिकाले जारी गरिएको सूचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला।
अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौँ उपत्यकालगायत देशैभरिका अन्य नगरपालिकामा पनि क्रमश: देखिन थालेको छ।भक्तपुर अहिले बालेन बिरुद्द उग्र बोल्दै आएका महेश बस्नेतको जिल्ला हो ।