काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपालियाले निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालको प्रयोगलाई नरोकिए भए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्नेमा उनको जोड छ ।
आइतबार बिहान ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमा सामाजिक सञ्जाललाई ‘नाइँ’ भन्न नसकिने तर ‘हाई’ भन्न मनले नमान्ने टिप्प्णी गरे ।
“निर्वाचनमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ,” उनले भने ।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गरिने तय छ । त्यसकै सन्दर्भमा अन्तरक्रिया गरिएको हो ।
अक्षयकोष स्थापनार्थ सांस्कृतिक कार्यक्रम
रुपन्देही, ५ भदौ (रासस):
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित अखिल साँझ कार्यक्रममा तिलोत्तमावासी रमाएका छन् । लामो समयपछि आयोजित सोे खुला साङ्गीतिक कार्यक्रम हेर्न तिलोत्तमा र बुटवलका सङ्गीतप्रेमी सहभागी भएका थिए । गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापनार्थ सो कार्यक्रममा ख्यातिप्राप्त गायक–गायिकाले प्रस्तुति गर्नुभएको थियो ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कार्यक्रममा लामो राजनीतिक भाषण गर्नुभएन । कार्यक्रममा लोकगायक बद्री पङ्गेनीले ‘खै हाम्रो दिलमा त घामै लाएन, जसको शासन आए पनि जनताको शासन आएन’ भन्ने गीत गाउँदा उपस्थित सङ्गीतप्रेमीले भरपुर मनोरञ्जन लिएका थिए । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उहाँको साङ्गीतिक प्रस्तुति हेर्न स्थानीय अबेरसम्म बसेका थिए ।
नयाँ पुस्ताकी लोकप्रिय गायिका रचना रिमालकोे प्रस्तुति सुरु भएपछि उपस्थित सङ्गीतप्रेमीलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले…’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट उनको प्रस्तुति मोबाइलमा कैद गर्न तछाडमछाम भएको थियो । उहाँलाई नजिकबाट नियाल्न पाएकामा तिलोत्तमावासी निकै खुसी भएका थिए ।
सो अवसरमा गायिका एन्जिला रेग्मीले पनि दिलको भित्तैमा, बस बसरे वसुन्धरा बहिनीजस्ता चचर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाउनुभयो । हाँस्य कलाकार पुरुपोत्तम भण्डारी पुर्खेबाले दर्शकलाई हसाउनुभयो । कार्यक्रममा कलाकार नारायण विपी परियार, श्रीधर अधिकारीलगायतले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा सङ्कलन भएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापना गर्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटिका अध्यक्ष सागर खनालले जानकारी दिनुभयो ।
–––