विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण रामेछापमा एक जनाले ज्यान गुमाए

रामेछाप – विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण रामेछाप सदरमुकाम मन्थली ७ भटाैलीमा करेन्ट लागेर एक जना मृत्यु भएकाे छ । आइतबार दिउँसो गाइबस्तु चराउन जाँदा भुईमा लत्रिरहेकाे बिजुलीकाे नांगाे तारमा परि ५५ वर्षिया बिजुली माझीकाे मृ त्यु भएकाे हाे ।

आफ्नाे पाखाे जग्गामा गाइबस्तु चराउन गएका बेला भुइमा तत्रिरहेकाे बिजुलीको नांगो तारमा पर्दा ठेडीगाेला निवासी माझीकाे घटनास्थलमा नै मृ त्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।

विद्युत प्राधिकरणले मृतकको परिवारलाई नियमानुसार तत्काल क्रिया खर्च बापत २५ हजार र ५ लाख रुपैया क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएकाे छ ।

त्यस्तै प्राधिकरणले मृततकाे परिवारलाई रोजगारी र छाेरा छाेरीकाे शिक्षा दीक्षा समेतकाे व्यवस्था मिलाउने सहमति भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु ढकालले जानकारी दिए।

माझीकाे परिवारमा १ श्रीमती, २३ बर्षिय १ छोरी र १० बर्षिय १ छोरा रहेका छन् । विद्युत प्राधिकरणको चरम लापर्वाहिका कारण अप्रिय घटना घट्न पुगेकाे भन्दै स्थानियले विराेध जनाएका थिए ।

स्थानीयले बिद्युत प्राधिकरण वितरण केन्द्र मन्थलीलाइ पटक – पटक जानकारी गराउँदा समेत प्राधिकरणले वेवास्था गरेकाे कारण यस्ताे घटना बेहोर्नु परेकाे स्थानियले आराेप लगाएकाे छन् ।