साउदी अरबको क्लबले सबैभन्दा महँगो खेलाडीको रुपमा भित्र्याउन चाहन्छ रोनाल्डोलाई!

काठमाडौं। क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच अझै पनि एक वर्षको सम्झौता बाँकी छ।

तर रोनाल्डो च्याम्पियन्स लिग खेल्न चाहन्छन्। इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्न नसक्दा युनाइटेडले नयाँ सिजनको च्याम्पियन्स लिग खेल्न पाउने छैन्।

इएसीएनका अनुसार रोनाल्डोलाई एट्लेटिको मड्रिड र बायर्न म्युनिखले खरिद गर्न चासो देखाएको छ। यद्यपी रोनाल्डोले युनाइडेट नछाड्ने उक्त क्लबले बताइसकेको छ।

३७ वर्षको उमेरमा पनि रोनाल्डोले उत्कृष्ट रुपमा फुटबल खेलिरहेका छन्। हालै उनले युनाइटेडमा नरहने सोच बनाएपछि उनलाई साउदी अरबको एउटा क्लबले मोटो रकमको प्रस्ताव समेत गरेको थियो।

मार्काका अनुसार उक्त नाम नखुलाइएको क्लबले रोनाल्डोलाई ३ सय मिलियन युरोमा खरिद गर्न खोजेको थियो। यद्यपी रोनाल्डो त्यहाँ जान मानेनन्।

यदी अहिले उनी कुनै क्लब जान चाहे उनको मूल्य ५० मिलियन युरोभन्दा कम नै हुन्छ। मोटो रकममा समेत उनी उक्त क्लबमा जान चाहेनन् किनभने उनी अझै लामो समय बलिया क्लबमा टिकिरहन चाहन्छन्।

यदी रोनाल्डो ३ सय मिलियन युरोमा साउदी जान्थे भने उनी फुटबल इतिहासकै महँगा खेलाडी हुन्थे।