एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरू दास हौ, हामीलाई धारेहात नलगाऊ !

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीव्र आक्रोश पोख्नुभएको छ ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपर्थ्यो कि राजनीतिबाट पलायन हुनुपर्थ्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरूको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरू त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउने दुस्साहस नगरुन् ।

पछिल्लोपटक नेकपा एसमा उत्पन्न सङ्कटका सन्दर्भमा योगेश भट्टराई लगायत १० बुँदे पक्षधर नेताहरूले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेकोमा उहाँ आक्रोशित हुनुभएको छ ।