राजाले लात हानेका देउवा अझै असक्षम, देश तहसनहस, पार्टी र देश डुबाए, चौतर्फी विरोध

काठमाडौँ — नेपाली राजनीतिका एक्ला खेलाडीजस्ता छन् प्रधानमन्त्री शेरबहादुर देउवा । पाँच दललाई साथमा लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहेका उनी अन्य दललाई भारी पर्दै आएका छन् ।

तर कार्यसम्पादनका हिसावलेपार्टी र सत्ता दुबैमा असफल छन् । सत्ता सुख नै प्रमुख बनाएर पाँचौंपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति बनेकाशेरबहादुर देउवालाई राजाले उहिल्यै ‘असक्षम’ घोषणा गरेका थिए ।

२०५९ मै पाएको असक्षमताको उपाधिले प्रत्येक पटक सरकारको नेतृत्व गर्दा देउवालाई काम गरिरहेको छ । न पार्टीमा लोकतन्त्र र पारदर्शीता, खाली कार्यकर्ताबीच भेदभावमात्रै गर्ने देउवा सरकार सञ्चालनमा पनि उत्तिकै असफल छन् ।

जनताको अपेक्षा एकातिर दौडरहेको छ भने देउवा अर्काेतिर कुदिरहेका छन् । जनता चाहन्छन्, मूल्यवृद्धि कम रहोस्, सरकार भएको अनुभूति गर्न पाइयोस् । तर प्रधानमन्त्री जनताको जीविकासँग जोडिएका मुद्धाभन्दा राष्ट्रहित विपरितका सम्झौता र सहमतिमा लगाव देखाइरहेका छन् ।

देउवालाई तह लगाउन पार्टीभित्रको प्रतिपक्षले निरन्तर रुपमा खरो आवाज उठाउँदै आएको थियो । महाधिवेशनपछि देउवा सुध्रिने अपेक्षासहितएकढीक्का भएर जाने प्रण सबैले गरेका थिए । तर प्रतिपक्ष कित्तामा रहेको इतर समूह थाक्यो, देउवाको मनोमानी भने रोकिएन् ।विधि पद्धतिविहिन जस्तै बनेको नेपाली काँग्रेसमा पार्टी संरचना अस्तव्यस्त जस्तै छन् ।

सरकारमा सामेल गठबन्धनका दलहरुलाई उत्तिकै निरिह बनाएर देउवा चलिरहेका छन् ।नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका मन्त्रीहरुलाई आफ्नै बलमिच्याइँमा रोकिदिए । पेलानमा राख्दै माओवादीको हालत उत्तिकै खराब बनाइरहँदा जसपा र जनमोर्चा गठबन्धनभित्रै खोज्नुपर्ने अवस्थामा छन् । संसदमा गएर सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ नदिने देउवाले संसदीय समितिलाई निषेध गर्दै आएका छन् ।मुलतः खालीमैदानमा छोडिएको साँढे जस्तो भएर पार्टी र सत्तामा देउवाकै हालीमुहाली चलिरहेको छ ।

यसै पनि देउवा बद्नाम हुन सक्ने तर गुमनाम हुन फिटिक्कै नचाहने पात्र हुन् । उनलाई अरुका आलोचनाले कुनै प्रभाव पर्दैन । जनताका गुनासोले समेत कुनै अर्थ राख्दैन । खाली सत्तामा टिकिरहन दलहरुलाई भिडाउनु देउवाको आदत बनेको छ । पछिल्लो समय कम्युनिष्टलाई तह लगाउन देउवाले कम्युनिष्टलाई नै परिचालित गरेका छन् । हुस्सु कम्युनिष्ट देउवाकै चौकिदार बनेर सत्ताबाहिर–भित्र भिडन्त मच्चाइरहेका छन् । न्यायालयमा खुलमखुल्ला भ्रष्टाचार भइरहेको छ ।

महंगीले जनता बाँच्नै नसक्ने अवस्थामा छन् ।एसपीपी जस्तो सम्झौताले देशको सार्वभौमिकतामाथि नै प्रश्न उठिरहेको छ । तर अह, यी विषयले देउवालाई छोएकोसम्म छैन ।बरु गैरसांसदलाई मन्त्री बनाउनेदेखि वरीयता मिचेर प्रहरी महानिरीक्षक बनाउनेसम्मका कैयन निर्णयमाथि सार्वजनिक आलोचना भइरहेको छ ।

पछिल्लो पटक अर्थमन्त्री जनार्दन शर्माले ‘बिचौलिया’ घुसाएरै बजेटमा करको दर परिवर्तन गरेको, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका अश्लील गालीगलौज र हातपात लगायका विषयमा देउवा अनविज्ञ जस्ता छन् ।

प्रधानमन्त्री देउवाले अनादेखा गरेका यस्ता घटनाप्रति स्वयम् उनीनिकट मन्त्री र नेताहरुलाई समेत पचेको देखिँदैन । तरप्रधानमन्त्री देउवासामु उनीहरु खुलेर बोल्न सकिरहेका छैनन् । विदेश सम्बन्धदेखि राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा पत्नी आरजु राणाकै दबदबा चल्ने गरेको आरोप देउवाकै थाप्लोमा छ ।