लामिछाने र खरेलबीच राजनीतिक यात्रामा सहकार्य गर्ने

काठमाडौँ असार १०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आज भेटवार्ता गरेका छन्।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन्।

रवि र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको नेपाल सुशासन पार्टीले जनाएको छ।

ओली भेट्न राष्ट्रिय सभाका एमाले साँसदहरु बालकोटमा

नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।

प्रमुख सचेतक देवेन्द्र दाहालका अनुसार केही समसामयिक विषयमा कुरा राख्नु पर्ने भएकोले आफूहरु बालकोट आएको बताउनुभयो । आफूहरुको टिममा एमाले संसदीय दलका नेता खिमलाल भट्राई सहति ११ जना साँसद रहेको दाहालले जानकारी दिनुभयो । स्रोतका अनुसार अध्यक्ष ओलीले बोलाएर सँसदहरु बालकोट पुगेका हुन् ।

यसबाहेक राष्ट्रिय राजनीतिबारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।