नाम मात्रको गठबन्धनको अब काम छैन नयाँ विकल्प खोज्दै छौ – प्रचण्ड

काठमाडौँ — सुरुबाटै लर्खराउदै अघि बढेको पाँचदलिय सत्ता गठबन्धन बाध्यताले मात्र चलिरहेको विश्लेषण हुने गरेको छ । अग्रमनका लागि निर्माण गरिएको भनिएका गठबन्धनभित्रै दलहरुका आन्तरिक मतभेद र पेलेरै अघि बढ्ने कांग्रेस सभापती देउवाको प्रवृद्धिको कारण गठबन्धन नाममात्रको बनेको छ ।

स्थानीय तह निर्वाचको मतरिणाम आएसंगै विच्किएको सत्ताघटक दल नेकपा एकीकृत समाजवादी अचेल मौन देखिन थालेको छ । मन्त्री हेरफेरको विषय होस कि सत्ता सन्चालका अन्य विषय, सधै पेलान खाने समाजवादीले यो सहनतालाई लोकतन्त्र रक्षाका लागि गरेको योगदानका रुपमा अथ्र्याउने गर्छ ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले त कांग्रेसमा अहंकार चढे एमालेकै हालत बनाईदिने धम्की यसअघि नै दिईसकेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीलाई भित्र्याउन केहि मन्त्री खाली गरिदिनुपर्ने प्रस्तावले जसपामा पनि खुसी देखिएको छैन ।

बाहिर हेर्दा एउटै उदेश्य र गठबन्धनजस्तो देखिए पनि उनीहरु भित्रभित्रै संम्भावित नयाँ समिकरणको खोजीमा समेत लागि परेका छन । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेसँगै उक्त कदम विरुद्ध जन्मिएको पाँचदलीय गठबन्धनभित्र यसअघि पनि पटक–पटक विवाद उत्पन्न भएको थियो ।

गठबन्धन पुषमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सफल भयो । तर, गत फागुनमा भने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण धरापको अवस्थामा पुग्यो । फेरि वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन गठबन्धनले चुनावी तालेमल ग¥यो ।

तर, चुनावी परिणामप्रति सदस्य दल असन्तुष्ट मात्र भएनन्, गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाएका थिए । तर नयाँ विकल्पन देखेपनि मौन बसेका उनीहरुलाई कांग्रेसले दयाको भावभन्दामाथि सोचेको छैन । आगामी दिनमा पनि गठबन्धन आवश्यक रहेपनि सवै कांग्रेसकै शरणमा आएको भन्ने खालका अभिव्यक्ती कांग्रेसी नेताहरुले दिन थालेका छन ।

केपीशर्मा ओली सदनमा जिम्मेबार भएनन् र संसदीय व्यवस्था नै सिध्याउन लागे भन्ने आरोपका लगाएर तत्कालिन नेकपाका नेताहरु सडकमा आए र देउवालाई सहयोग गरे । माधव नेपालले त पार्टी नै फोड्ेका थिए ।

तर काँग्रेसले प्रधानमन्त्री पाउनुमा देउवाबाहेक कांग्रेसका ठुलो पङक्तीले यो गुण विर्सिएको छ । गठबन्धनका अन्य घटकलाई हियाउने उसको स्वभावकावीच एकीकृत समाजवादीले पनि गठबन्धनमा गल्ती भएको स्वीकार गरेको छ ।

उनीहरुको बुझाई अनुसार गठबन्धनभित्र गठबन्धन गर्न नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारितापूर्वक भोट नहाल्ने,

गठबन्धन बाहिरकादलहरूसँग चुनावी तालमेल गर्ने प्रवृत्ती हावी भएको छ । गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर भएको तथा गठबन्धनलाई आफ्नो हितमामात्रै प्रयोग गर्न चाहने प्रवृत्ती बढेका कारण पनि सहि ईमान्दार गठबन्धन नभएको उनीहरुको दावी छ । गठबन्धनको बढि भरपर्ने प्रवृत्ती पार्टीमा देखिएको भन्दै अध्यक्ष नेपालले त अव गठबन्धनको गीत गाउन छोडेर आफ्नै क्षमता वृद्धीमा लाग्न कार्यकर्तालाई निर्देशन नै दिईसकेका छन ।

यता बारम्बार वाम लोकतान्त्रिक गठबन्धन तत्कालिन परिस्थितीले मात्र निर्माण भएको बताउने माओवादी केन्द्रको लय पनि कांग्रेससंग मिलेको छैन । फलत पूर्व माओवादीहरु एक हुनुपर्ने तथा कम्युनिष्ट एकता हुनपर्ने जस्ता अभिव्यक्ती माओवादीका नेताहरुले दिदै आएका छन ।

अर्कातर्फ यो गठबन्धन नफुटी सफलता हासिलहुन नसक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाई छ । तर फेरी एक भए फुटको कारण के देखाउने भन्ने दोधार र ओली–प्रचण्डका आ–आफ्नै ईगोका कारण पनि उनीहरु तत्काल एक हुनसक्ने अवस्था छैन । जसले गठबन्धनको तार तत्काल नचुढिने विश्लेषण हुने गरेको छ ।