गत बैशाख ३० गते सम्पन भएको स्थानीय तह निर्वाचनमा मतादाताले केही स्वतन्त्र उम्मेदवारलाई जिताए लगत्तै प्रतिनिधी सभा र प्रदेशको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनेको संख्या बद्ने क्रममा छ ।
युवा इन्जिनियर आकर्षण पोखरेलले प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन् । पोखरेलले आज कपनमा आयोजित एक कार्यक्रममा प्रतिनिधी सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
सो क्रममा पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताए । काठमाडौं क्षेत्र नम्वर ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो । यसै क्षेत्रमा गत संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए ।
इन्जिनियर पोखरेलले पाँच वर्षको तयारीपछि उम्मेदवारी घोषणा गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीको औचित्यबारे पोखरेलले भने ‘हामी राजनीति र विकासको परिभाषा बदल्न चाहन्छौं र व्यवहारमा उतार्न चाहन्छौं,’।