अबको निर्वाचनपछि म प्रधानमन्त्री बन्दै छु – महामन्त्री गगन थापा

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बन्ने लाइनमा रहेको बताएका छन्। मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन्। उनले चुनावपछि अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह गरे।

कान्तिपुर टेलिभिजनमा शनिवार प्रसारित एक कार्यक्रममा महामन्त्री थापाले, ‘नेपालका जति पनि पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ, कोही पनि व्यक्ति यो चुनावपछि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुन लगाइदिनु पर्ने कारण छैन। उहाँहरूको योगदान छैन भन्ने होइन।

संविधान ल्याइदिनु भयो, अब हामीलाई मौका दिनुस् । हाम्रो जेनेरेसनबीच प्रतिस्पर्धा गर्छौं।’

गगनको प्रस्तावलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले समर्थन जनाएकी थिइन्। प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने भन्ने गगन थापाको भिडियो क्लिप सोसल मिडियामा भाइरल बनेको छ।