कम्युनिस्ट पार्टी एक भएर गएका थियौँ भने ५७५ पालिका जित्थ्यौँ

काठमाडौं । नेकपा एमालेभित्र वाम एकताको बहस चलाउँदै आएका नेता झलनाथ खनालले स्थानीय चुनावमा आएको परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ वटा पालिका जित्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए ।

भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे । अहिले पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको भुसालले बताए ।

भुसालले भने– चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ । मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता,संगठनात्मक के भिन्नता । भिन्नता छ त केबल गालीगलौज छ ।

अहिले कांग्रेसले माछाको तेलमा माछा फ्राई गरेजस्तै कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई पराजित गर्न सफल भएको भुसालको टिप्पणी छ ।

पछिल्लो समयमा पार्टीभित्र उम्मेदवार समेत आउटसोर्सिङ गर्न थालिएको र कार्यकर्ताको औचित्य सकिएको भुसालको भनाइ छ ।

यही तरिकाले अब समाजवाद पनि आउटसोर्सिङ हुने अवस्था आउने भन्दै उनले दलाल पुँजीवाद अर्थमन्त्रलायभित्र करकार दर हेरफेर गर्न प्रवेश गरिसकेको बताए ।