एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आ क्रमण कम्तिमा ५८ जनाको मृ त्यु भएको छ ।
साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भि डन्त भएको थियो ।
सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।
नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।
आ क्रमणकारीले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको ह त्या गरेका थिए ।
बढ्दो हिं सा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् ।
यसअघिका अधिकांश आ क्रमण नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ ।
सेनाले तिल्लेबारी क्षेत्रमा गरेको जवाफी कारवाहीमा सने २०१९को डिसेम्बरमा ७० र जनवरीमा ९० जना विद्रोही मा रिएका थिए ।
सो सामूहिक ह त्याल् नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुमलाई चुनौती थपिएको बताइएको छ ।