भारतकी सर्पमित्रा निर्जारा एक साहारी महिला हुन् । कसैका घरमा, कटेरामा कर्त सर्प देखिए भने मानिसहरुले उनको सहायता खोज्छन् । उनी सर्प समात्न खप्पिस छिन् । कसैको घर गोठ र टोलमा सर्प देखिए उनको मोवाइलमा घण्टी बच्छ ।
अनी उनी र्दौडिँदै सर्पको उद्धार गर्न पुगिहाल्छिन् । यसैबिच हालै सोनाली भिलेजमा भयंकर ठूलो नाग कुवामा खसेर फसेपछि स्थानीयले गरेको आग्रहमा सर्पमित्रा निर्जारा आफ्नो घरबाट २२ किलोमिटरको दुरी पार गरेर सोनाली भिलेज पुगेर कुवामा फसेको अन्दाजी ५ वर्षको नागको उद्धार गरेकी छिन् । उक्त दृश्य हेर्नका लागि ठूलो संख्यामा मानिसहरुको भिड लागेको थियो ।
उसो त उनीमात्रै होइन उनका श्रीमानपनि यहि काममा छन् । श्रीमान श्रीमती बिहान उठे देखि आएका फोन उठाउँदै उनीहरु सर्पको रेस्क्यु गर्न पुगिहाल्छन् । खतरनाक ठाउँमा बसेका जस्ता सुकै खतरनाक सर्प लाइ एकै छिनमा नियन्त्रणमा लिन सक्छन् । उनीहरुले नजिक सर्प देखे तुरुन्तै खबर गर्नुहोला तर आफैले समात्ने प्रयास कदापी नगर्नुहोला भनेर संदेश पनि दिएका छन् ।
हेर्नुहोस् भिडियो