ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

यसअघि ओली प्रचण्डबीच गत आइतवार भेटघाट भएको थियो । प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन दवाव दिइरहेका छन् । भने ओली बिना एजेण्डा सचिवालय बैठक नबोलाउने अडानमा रहेका छन् ।

ओली आफ्नो अडानबाट टसमस नभएपछि प्रचण्ड समूहले आज अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठक बोलाएका छन् । यसअघि शुक्रवार पनि प्रचण्ड समूहबीच धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरुबीच छलफल भएको थियो ।