काठमाडौं,सुनको मूल्यमा ठूलो गिरावट आएको छ। मंगलबार एकैदिन प्रतितोला ३४ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज मंगलबार ९४ हजार ८ सय रुपैयाँमा झरेको हो।
त्यस्तै तेजाबी सुन अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।
आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ। प्रतितोला १२ सय १५ रुपैयाँमा आज कारोबार भएको चाँदी अघिल्लो दिन १२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।