सत्तामा रहि रहन संविधान संशोधन गर्ने रुसी राष्ट्रपति यसकारण दिँदैछन् राजीनामा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आगामी वर्ष पदबाट राजीनामा दिने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सन् २०३५ सम्म राष्ट्रपति पदमा रहि रहनका लागि हालै पुटिनले संविधान संशोधन नै गरेका थिए। पुटिनले संविधान संशोधन गर्ने या नगर्ने भनेर जनमत संग्रहको आयोजना गरेका थिए।

मानिसहरुले संविधान संशोधन गरिनुपर्ने पक्षमा जनमत दिएका थिए। सत्तामा रहनकै लागि संविधान संशोधन गरेका पुटिनले अन्ततः बिग्रँदो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिन लागेको बताइएको छ।

ncell
द सनका अनुसार पुटिनलाई मस्तिष्कसँग सम्बन्धित पार्किन्सन रोग लागेको छ। ६८ वर्षका पुटिनलाई उनका प्रेमिका अलिना कबेभा र उनका दुई छोरीले राष्ट्रपति पद त्यागेर आराम गर्न दबाब दिएको बताइएको छ।