साउदी अरबको श्रम बजारमा महत्वपूर्ण सुधार को घोषणा भएको छ।
सन् २०२१ को मार्च देखि लागु हुने गरि स्वेछ्या ले रोजगारदाता परिबर्तन र रोजगारदाता को अनुमति बिना साउदी छाड्न पाउने नियम लागु हुने भएको छ ।साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् ।
साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् ।