एजेन्सी/बलिउड अभिनेता विजय राजलाई गोंडिया प्रहरीले प क्राउ गरेको छ । यद्यपि, स्थानीय अदालतबाट उनले जमानत पाएका छन् । विजय राजमाथि उ त्पीडनको आ रोप लागेको छ ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार विजय राजलाई महाराष्ट्रको गोंडियामा एक होटलबाट मंगलबार बिहान प क्राउ गरिएको थियो । एएनआईले गोंडियाका प्रहरी अधिकारी अतुल कुलकर्णीलाई उद्धृत गर्दै विजय राजविरुद्ध सोमबार बेलुका ऊ जुरी परेकोे र उनलाई मंगलबार बिहान प क्राउ गरिएको जानकारी दिएको छ । उनीमाथि क्रुकी महिला सदस्यले उ त्पीडनको आ रोप लगाएकी हुन् ।
रिपोर्टका अनुसार विजय मध्य प्रदेशको बालाघाटमा शेरनीको सुटिङ गरिरहेका थिए, त्यहाँबाट युनिट विदर्भ इलाकामा गोडिंयामा सुटका लागि गयो । त्यहाँ सबैजना एउटै होटलमा बसेका थिए । आरोपका अनुसार ती सदस्यले उनीमाथि त्यहिँ छे डछाडको आरोप लगाएकी हुन् ।