विश्वकै पुरानो बेलायती राजघरानाको चर्चा बेलाबेलामा भइरहन्छ विश्वभर नै। यो राजघरानाका कैयौं विशेषता छन्।
यसैमध्येको एउटा हो– दरबारमा काम गर्ने कर्मचारीको तलब र सेवासुविधा। दरबारभित्र काम गर्ने घरेलु सहायकको समेत तलब लाखौं रुपैयाँमा हुन्छ। अन्य सेवासुविधा त छँदैछन्।
यसैबीच, बेलायती महारानी एलिजाबेथ द्वितीय रहने विन्सडर क्यासलको लागि हाउसकिपिङ असिस्टेन्ट माग गरिएको छ। यसमा छनोट हुनेको मासिक तलब १९,१४० पाउन्ड स्टर्लिङ अर्थात् नेपाली करिब २९ लाख २८ हजार रुपैयाँ हुनेछ।
यो नोकरीका लागि अंग्रेजी र गणितको राम्रो ज्ञान हुनु पर्नेछ। साथै इन्टेरियर क्लिनिङको कला पनि जरुरी छ। यसका लागि एक वर्षभन्दा बढीको थप तालिम दरबारमै दिइनेछ। त्यसपछिमात्र स्थायी नियुक्ति दिइनेछ।