नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवासमक्ष राखेका १६ बुंदे मागको बिषयमा आज भएको पदाधिकारीबीचको छलफलमा आफू बिभागद गठनका बिषयमा पछाडी हट्ने सम्भावना नरहेको बताएका छन् ।
सभापति देउवाले आफूले बिभागहरु गठन गरिसकेकाले उक्त कुराहरुबाहेक अन्य बिषयमा भनेआफू सबैसँग छलफल गर्न तयार रहेको बताएका छन् । नेपाली काँग्रेसले आगामी शुक्रबार केन्द्रीय समिति डाकेको र उक्त बैठकमा भागलिनुपुर्ब आफूहरुका बिभिन्न माग पुरान हुनुपर्ने भन्दै पौडेल पक्षले माग गरेपछि बैठकमा सहमती जुटाउन लागि परेको संस्थापन पक्षले आज स्पष्ट जवाफ दिएको छ ।
सोमबार दिउँसोदेखीको आजको पदाधिकारी बैठकमासभापति देउवाले उक्त कुरा बताएका छन् ।
सभापति देउवाले काँग्रेसलाई सबैको पार्टी बनाउन आफू सबैसँग छलफल गरेर अगाडी बढ्न तयार रहेको समेत बताए । उनले आफू काँग्रेसलाई बलियो बनाउने रणनीतिमा भएपनि कसैलाई पेलेर जाने रणनीतिमा नभएको बताए ।*