काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आफूर्तिमन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलीको ठेगान नभएको नेताको संज्ञा दिएका छन् ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘अब छलफल गर्दै जाँदा कुनै निश्कर्ष निस्केन भने प्रधानमन्त्रीले ल त जे गर्ने हो गर्नुस भन्ने कुरा त भयो होला । तर पार्टी फुटाउने र पार्टीको बैठक नबोलाउने त हुँदैन र हुन सक्दैन । र अहिलेसम्म प्रचण्डले भनेका के आजसम्म सत्य भएको छ र भन्या ? प्रचण्डले जे÷जे बोल्नु भएको छ त्यो सबै सत्य छ र ? उहाँले भनेका सबै कुरा सत्य हुन सक्दैनन् ।
उहाँले कुन आवेसमा के बोल्नु हुन्छ भन्ने कुरा टँडिखेलमा के बोल्नुभयो भन्ने कुरा थाहा छ तपाइँलाई ५ हजारको जिम्मा म लिन्छु अरुको जिम्मा अरुले लिनुपर्छ भन्ने कुरो पनि एउटा नेतृत्वले भन्ने कुरा नै होइन् । उहाँ त कतिखेर के बोल्नुहुन्छ त्यो ठेगान हुँदैन् ।’