विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा उनले भनेका छन्, ‘विभाग मैले बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’