काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टी एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको जनाएका छन् ।
उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरुसित असहमति जनाउँदै पार्टीको एकता बचाउनु पर्नेमा जोड दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन् ‘जेसुकै होस, पार्टी एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रका गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । यस्तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खवरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरुसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔं ।’