काठमाडौं ,कैलालीमा रो क्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मा रिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ ९मटर०का मुख्य त स्करलाई प क्राउ गरेको छैन। प क्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको ह त्या भएको अनुमान गर्छन्। दुवै जना राति १० बजेदेखि नै स म्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो। माथिल्लो निकायमा समयमै किन खबर गरिएन ?
सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ। असइको टोलीसँग नहुने कुरै भएन। सं वेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान्। केही परिहाले आ कस्मिक टोलीका लागि कुरा गरे होलान्। तर, प्रहरी यसबारे अ नुसन्धान भइरहेको छ भनेर पन्छिन्छ। सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन्।
सीमा नाकामा हुने चोरी त स्करी र आ पराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ। त्यसो हो भने ब्याक फोर्स किन गएन ?
दुई प्रहरी मा रिएको घटनास्थलको पूर्व र पश्चिम सशस्त्र प्रहरीका दुईवटा बीओपी छन्। पूर्वतर्फको बीओपीको दूरी झन्डै एक किमि मात्रै छ। तर, त्यस रात स शस्त्र प्रहरी गस्तीमा गएको देखिँदैन। ‘संयोग हो वा जानी–जानी हो थाहा भएन।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।