काठमाडौं, ४ कात्तिक । विश्वनै कोरोना महामारीको चपेटामा परेको यो बेला नेपाल पनि अछुतो छैन । यस्तै बेला नेपालीहरुको महान चाड दसैं सुरु भएको छ । आश्विन शुल्क प्रतिपदादेखि नौं दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ ।यस समयमा सामाजिक सञ्जालमा नर्स देवीको रुपमा उपचारमा खटिएको सन्देश दिने तस्बीर सामाजिक सञ्जालमा छाइरहेको छ । तस्वीरमा एक बिरामीलाई अक्सिजन दिइरहेकी नर्सको दश हात देखाइएको छ । प्रत्येक हातमा स्वास्थ्य उपकरण देखिन्छ ।
उक्त तस्बीरमा कोरोनालाई परास्त गर्न नर्स देवीको रुपमा प्रस्तुत भएकी भन्ने बुझिन्छ । महिषाशुर दा नवको कु कृत्यबाट मानव जगतलाई मुक्ति दिलाउँदा शक्ति स्वरुपा देवीले धारण गरिएको भनिएको स्वरुपमा नर्सलाई देखाइएको छ ।
विजया दशमी असत्यमाथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको व ध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ ।
सत्ययुगमा महिषाशुर ९दानव०को कु कृत्यबाट मानव जगतलाई मुक्ति दिलाएको हिन्दु शास्त्रहरूमा उल्लेख छ ।