काठमाडौं, असोज ११ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ।
मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले बैठक जारी छ।
एक मन्त्रीले दिएको जानकारीअनुसार नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेका हुन्।
आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकका एजेण्डा र कारणबारे आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।
Leave a Reply