साउदी अरेबिया । विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृ’त्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।
साउदी जेद्धा वाणिज्य दुतावास क’न्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृ’त्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृ’त्यु भएको जानकारी गराएको छ। साउदीमा कोरोना संक्रमणबाट रोजगार गु’माएर वा क’न्ट्याक्ट स’काएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै स’मस्यामा परेका छन्।
स्वदेश फिर्ताको लागि नेपाली दुतावासबाट नामावली सार्वजनिक हुनुपर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मुल्य सा’विकभन्दा बढी तिर्नुपर्ने, ट्राभल ए’जेन्सीले सही समय व्यवस्थापन नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उ’पलब्ध गराउनु पर्ने आदि वि’विध झ’नझटिलो प्र’क्रियाले नि’राश भएका छन्।
वाणिज्य दुतावास जेद्धाका अनुसार स्वदेश फि’र्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार र’हनुको साथै सेप्टेम्बर महिनामा जे’द्धा शहरबाट ३ उ’डान हुनेछ भने ७ सय ७० जना स्वदेश फि’र्ता हुने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
Leave a Reply