काठमाडौं, भदौ ३१ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै मुद्दा दर्ता गरेकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छन्।
आफूलाई शेरधनकी श्रीमती भएको दाबी गर्दै मुद्दा दिने दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय बालिका खड्काले बुधबार मुद्दा फिर्ता लिएकी हुन्।
उनले मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौमा दिएको निवेदनमा शेरधनसँग अंश दाबी गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम नभएको र हुन सक्ने आधार समेत नभएको र वास्तविक रुपमा समेत त्यस्तो सम्बन्ध नरहेको उल्लेख छ।
आफूले लिएको अंश दाबी गर्न नसक्ने र प्रंमाणित गर्न नसक्ने भएकाले आगामी तारेख आजैका मितिमा खिचिदिनका लागि आग्रह गरेकी थिइन्। अदालतले कात्तिक १८ गते तारेख तोकेको थियो। तर बालिकाको निवेदनपछि जिल्ला अदालत काठमाडौंले बुधबार नै मुद्दा फिर्ता गराइ दिएको छ।
Leave a Reply