नेपालमा अहिलेसम्मकै उच्च सक्रमण, एकैदिन १५ सय भन्दा धेरै थपिए

काठमाडौं, भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाका पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ८ लाख ७२ हजार २७४ पुगको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*