काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन हुने सम्भावना नभएको बताएका छन् । जीपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रद्वारा बिहीबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेता सिटौलाले भने, ‘फागुनमा महाधिवेशन गराउन केन्द्र पदाधिकारी तयार छैन भन्ने मेरो निष्कर्ष हो । सभापति, उपसभापति र महाहामन्त्री महाधिवेशनको गृहकार्यमा लागेको देखिँदैन । केन्द्रका सबै पदाधिकारी को सभापति बन्नेमा लागेको देखियो ।’
कोरोना महामारी सकिएपछि मात्र महाधिवेशन गर्छु भन्दा दुई वर्ष लाग्ने उनको भनाइ छ ।
सिटौलाले भने, ‘कोरोना महामारी सकिएपछि मात्र महाधिवेशन हो भने यो दुई तिन वर्ष चल्लने देखिन्छ । यसको रोकथामा सरकारले कामै गर्न सकेको छैन । महाधिवेशन ढिलो गरौँ भने ठूलो समस्यामा फस्छौँ ।’
महाधिवेशनको काम गर्नुपर्ने बेला नेताहरु घरमै अलमल भएको सिटौलाले बताए ।
‘नेताहरु घरमा अलमल भएको जस्तो लाग्यो । हामीले महाधिवेशनको कुरा गर्ने बेला आयो । साथीहरुमा गहिरो अविश्वास खडा हुने अवस्थामा आएको छ’, सिटौलाले भने ।
यथास्थितिमा आगामी आम चुनावमा जाँदा चुनौतिको समाधना गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘यथास्थितिमा हामी आगामी चुनावमा पुग्यौ भने चुनौतिको सामान गर्न सक्दैनौँ । नेतृत्वले महाधिवेशन गर्न सकेन भने ठूलो समस्यामा फस्छौँ । हामी सबै महाधिवेशनमा लाग्नुपर्ने हो । केन्द्रीय पदाधिकारीको महाधिवेशन गर्ने कुरामा ध्यान छैन ।’
सिटौलाले सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला बीचको गोप्य बैठकमा के सहमति भएको भन्ने प्रश्न उठाए ।
उनले भने, ‘शेरबहादुरजी र शशांकबीच के सहमति भएको हो ? मैले बुझन् खोजेको छु । मिडियामा आएका कुरामा कसैको खण्डन पनि आएको देख्दिनँ ।’
जवाफमा महामन्त्री शशांक कोइरालाले देउवासँग कुनै होटलमा भेट नभएको दाबी गरे ।
यस्तै केन्द्रीय सदस्य गगन थापाले निर्धारित समयमा महाधिवेशन नभए त्यसको जिम्म पार्टी सभापतिले लिनुपर्ने बताए ।
उनले भने, ‘महाधिवेशन गरौने जिम्मा केन्द्रीय समितिको हो । त्यसमा पनि सबैभन्दा बढी जिम्मा सभापतिको हो । निर्धारित समयमा महाधिवेशन भएन भने त्यसको जिम्म पार्टी सभापतिले लिनुपर्छ ।’
सभापति महाधिवेशनमा भन्दा मनोनयनतिर लागेको थापाको आरोप छ ।
उनले भने, ‘यसले निष्पक्ष महाधिवेशनमाथि प्रश्न उठाएको छ । पार्टीमा अविश्वास पैदा भएको छ । त्यसमा सहमति खोज्नुपर्छ ।
थापाका अनुसार विगतको तरिका बदलेर महाधिवेशन गर्न सकिन्छ ।
उनले भने,’विकेन्द्रकरण गरेर महाधिवेशन गराउन सकिन्छ । सरकारलाई काम गर्न सकेन भनेर भन्दा हामी महामारीका बीच महाधिवेशन गराउन सक्नुपर्छ । यसले सरकारमाथि चुनौति पनि हुन्छ । सबै कुराका तरिका बदल्नुपर्छ ।’-रातोपाटी
Leave a Reply