सोचेझैं जिन्दगी रैनछ

काठमाडौं : यसपालिको तीजमा सबैभन्दा हिट भएको गीत हो, ‘सोचेझैं जिन्दगी रैनछ।’ कोरोना महामारीका कारण भोग्नु परेको लकडाउनले कुन पेसाकर्मी, व्यवसायीको पो जिन्दगी सोचेको झैं भएको होला र ? म्युजिक भिडियोमा मुसुक्क मुस्काउँदै कम्मर मर्काई मर्काई नाच्ने कलाकारहरूको पनि जिन्दगी सोचेझैं कहाँ पो छ र ?

‘सोचेझैं जिन्दगी रैनछ’ बोलको गीतमा नाच्ने एक प्रमुख कलाकार हुन्, अञ्जली अधिकारी। उनको गृहजिल्ला बर्दियाको मैना पोखर अन्नको भण्डार हो। तर लकडाउनमा बर्दियाको चामल काठमाडौं उक्लिँदैन। करिब चार सय म्युजिक भिडियोमा देखिएकी अधिकारी भन्छिन्, ‘लकडाउनअघि जिन्दगीमा कुनै टेन्सन थिएन। अब भने गाह्रो भो।’ त्यसो त अधिकारीले लुजडाउन भएसँगै १५ वटा म्युजिक भिडियोमा काम गरिन्।

लकडाउन अघि भन्दा पचास प्रतिशत कममा खेले पनि यसले आफूलाई निकै ठूलो राहत दिएको उनको भनाइ छ। यद्यपि उनले आफ्नो पारि श्रमिक खुलाउन चाहिनन्। लकडाउन खुुकुलो हुँदा म्युजिक भिडियोमा व्यस्त हुने मोडल हुन्, नायक पुष्प खड्का। उनले यसबीचमा करिब १० वटा म्युजिक भिडियोमा काम गरे। एउटा गीतको म्युजिक भिडियो बनाउँदा कलाकारसँगै निर्देशक, क्यामराम्यान, प्राविधिक, सम्पादकलगायत ४०-५० जनाको टिम हुन्छ।

खड्का भन्छन्, ‘काम नभएर मानसिक समस्यामा गुज्रिरहेको थिएँ। धन्न, लुजडाउनको तीन सातामा काम गरेपछि अब भने दुई अढाई महिना धान्न पुग्छ। मेरो टिमका अरूलाई पनि मेरोजस्तै होलो भयो होला ।’ जसरी म्युजिक भिडियोमा नाम चलेपछि मोडलहरू फिल्ममा छानिएका छन्, त्यसरी नै अहिले टिकटकमा हिट हुनेहरूलाई म्युजिक भिडियो निर्माताहरूले आँखा लगाइरहेका छन्। अन्नपुर्ण पोस्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*