चितवन: देशव्यापी लकडाउनका कारण ठूलो क्षति ब्यहोरेको कृषि क्षेत्रलाई नयाँ पुस्ताका युवाले थाम्न थालेका छन्। लकडाउनको घाटाले चितवनका पुराना किसानहरू निरास बने पनि नयाँ पुस्ता भने नयाँ जोशका साथ कृषि कर्ममा देखिन्छन् । पढाइका क्रममा जिल्लाबाहिर रहेका, रोजगारीका सिलसिलामा घरबाहिर गएकादेखि वैदेशिक रोजगारीमा पुगेका युवाहरू अहिले गाउँ फर्केर परिवारको पेशालाई अघि बढाउन थालेका छन्।
तिनैमध्ये एक हुन्, भरतपुर–२५ कुमारी चोकका लेखनाथ भुषाल। भौतिक विज्ञानमा स्नातकोत्तरगरेका छन्। काठमाडौं स्थित गोल्डेन गेट इन्टरनेशनल कलेजमा केही समय पढाएका भुषाल अहिले परिवारको पेशा थाम्न चितवन आइपुगेका छन्। कानुनमा स्नातक समेत गरेका भुषाललाई विभिन्न संस्थाहरूबाट अहिले पनि जागिरका लागि बोलावट आइरहन्छ।
‘तर मैले समय दिन भ्याउँदिन भन्दै आएको छु,’ उनले भने, ‘लकडाउनयता म पूर्ण रूपमा कृषि कर्ममै रमाएको छु ।’ भुषालको अन्यत्र गएर जागिर खानुभन्दा गाउँमै बसेर कृषिका साथ साथै शैक्षिक क्षेत्रमा काम गर्ने सोच आइरहेको छ । लकडाउनका कारण भुषालको बारीमा फलेको लाखौं मूल्यको तरकारी कुहिएर खेर गयो। उनका अनुसार एक विघा जमिनमा तरकारी लगाएर उत्पादन दिने बेलासम्म करिब ४ लाख रुपैयाँ खर्च हुन्छ।
यसमा परिवारको श्रम जोडिदैँन। ‘हामीले लगाएको लौका, फर्सी, करेला, चिचिन्डा लगायत तरकारीहरू बारीमै कुहिए, यस्ता कुराहरूले किसानहरूलाई निरास बनाए कै छ,’ उनले भने, ‘तर निरास बनेर मात्रै भएन त्यो कुरा बाट पाठ सिकेर थप उर्जाका साथ काममा लाग्नुपर्छ भनेर सक्रिय भएको छु।’ उनको बारीमा अहिले बोडी, करेला, फर्सी हुर्किरहेका छन्। ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीको कम प्रयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनु पर्छ भनेर लागेको छु,’ भुषालले भने, ‘कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नु पर्नेछ ।’
परिवारको कृषि कर्म छोराले काँधमा लिएपछि बुवा शोभाकान्त भुषाल खुसी छन्। परिवारका सबै सदस्यले उनलाई साथ दिएका छन्।यो परिवारले ३ विघाभन्दा बढी जमिनमा तरकारी खेती गरिरहेको छ। बाँकी चार विघामा धान छ। धान थन्काएपछि त्यहाँ लौका, खुर्सानी, भेडे खुर्सानी लगाउने योजना उनको छ। तीन विघा जमिन भाडामा पनि लिएका छन्। विस्तृतमा सेतोपाटिमा खबर छ ।
Leave a Reply