काठमाडौं, कोरोना महामारीका कारण चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनले देशैभरीका ब्यबसाय बन्दाबन्दीमा परेका छन् । ६ महिना बितेपछि बल्ल नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ, अझै कति महिना लकडाउन चल्ने हो टुंगो छैन् ।महिनौंदेखि बन्द रहेका ब्यबसायले घरभाडा तिर्न नसकेर तडपिइरहेका छन् । रेष्टुँरा, पसल, हेल्थक्लव लगायतका ब्यबसाय यतिबेला बन्द गर्नुपर्ने अबस्थामा पुगेका छन् । कतिपय ब्यबसाय त ऋण लिएर भाडा तिर्नुभन्दा पसलकै माया मार्ने स्थितिमा पुगेका छन् ।
चर्को घरभाडा यतिबेला सबैजसो ब्यबसायीलाई टाउको दुखाइको बिषय बनेको छ ।तर, घरबेटीसँग भाडा घटाउने समझदारी गर्न सक्ने स्मार्ट ब्यबसायीले भने महामारीका बेला केही राहत पाएका छन् । यसरी समझदारी गर्न सक्ने ब्यबसायीले यतिबेला १५ देखि २० प्रतिशतसम्म मासिक भाडामा छुट पाएका उदाहरण पनि छन् । केही ठूला कार्यालय, बित्तिय संस्था आदिले पनि घरबेटीसँग मासिक भाडा २० प्रतिशतसम्म घटाउन प्रस्ताव गरेको छन् ।यदि तपाइले घरबेटीसँग राम्रोसँग सम्बाद गर्न सक्नुभयो भने महामारीका बेलाको घरभाडामात्रको ठूलो हिस्सा छुट पाउने र अगामी केही बर्षका लागि कम दरमा भाडामा पाउने सम्भावना रहन्छ ।
तपाइको बित्तिय अबस्था हेरेर घरबेटीसँग भाडा रकमका लागि बार्गेनिङ गर्ने सही समय पनि हुनसक्छ । तर, त्यसका लागि तपाइले केही तरिका जान्नुपर्ने हुन्छ, सही तरिकाले घरबेटीलाई एप्रोच गरेर कन्भिन्स गर्न सक्नुपर्छ । कसरी गर्ने भाडा घटाउनका लागि समझदारी ? तपाइका लागि यहाँ केही टिप्सहरु छन् । सवैभन्दा पहिले तपाइले आफ्नो घरबेटीको अबस्थाबारे बुझ्नुपर्ने हुन्छ । घरबेटीको आर्थिक ठिक छ कि छैन? घरभाडाबाट कति आम्दानी हुन्छ? बैंकको ऋण तिर्नुपर्छ कि पर्दैन ? घरभाडा छुट दिनका लागि उसको आर्थिक अबस्थाले सहज हुन्छ कि हुँदैन ?
त्यतिमात्र हैन घरबेटी आफुसँग निरन्तर प्रत्यक्ष सम्बाद छ कि छैन, महामारीको अबस्थाबारे उसलाई कति जानकारी छ ? महामारीले बिजनेसलाई पारेको असरबारे उसले कति बुझ्न सक्छ ? आदि बिषयमा तपाइले राम्रोसँग अध्ययन गर्नुपर्छ ।यदि तपाइँको घरबेटी बिजनेस गरिरहेका छन, उनी पनि अन्य कुनै ठाउँमा भाडा तिरिरहेका छन, महामारीले बिजनेसलाई पारेको असरबारे जानकारी छन् भने भाडामा राहत दिने तपाइको प्रस्ताव सहमत हुनसक्छन् । यदि पराम्परागत खालका घरबेटी हुन् र बिजनेसको परिस्थीतिसँग कुनै मतलव छैन् भने सायद तपाइलाई नेगोसिएसन कठिन हुन सक्छ । य
दि घरभाडाकै रकमले घर चलाउने किसिमका घरबेटी हुन् र राम्रो क्यासफ्लो छैन भने छुटका लागि त्यति उदार नहुन सक्छन् । बरु ढिलो तिर्नुस तर सवै तिर्नुस भन्ने प्रस्ताव घरबेटीबाट आउन सक्छ ।तपाइले भाडामा लिइरहेको स्पेशकै आसपासमा कति भाडामा लगाइएको छ ? यदि तपाइले यो स्पेश छाडेर जानुभयो भने अन्यत्र कति कम पैसामा पाउन सक्नुहुन्छ ? स्थानीयस्तरमा तपाइले तिरिरहेको भाडा धेरै, थोर वा औसत कुन स्तरको हो ? यी बिषयमा तपाइले पहिले नै जानकारी लिन जरुरी हुन्छ ।यदि तपाइले आसपासमै कम मूल्यमा स्पेश पाउने अबस्था छ भने तपाइ घरबेटीमाथि हावी हुन सक्नुहुन्छ ।
अहिले कोभिड महामारीको अबस्थामा धेरै बिजनेसहरु बन्द भएका छन् । नयाँ बिजनेस सुरु हुने अबस्था छैन, भाडा तिरिहेकाहरुले पनि भाडा रकम बृद्धि गर्ने अबस्था छैन् । अर्थात् यतिबेला सप्लाई धेरै छ, डिमाण्ड कम छ ।यस्तो अबस्थामा तपाइले मौजुदा स्पेश छाडेर कम भाडा पर्ने स्पेशमा सर्न सक्नुहुन्छ । त्यसैले तपाइले पाइरहेको स्पेशसँग स्थानीयस्तरमा अन्य स्पेशको भाडादरबारे पनि पर्याप्त अध्ययन गर्नुहोस् ।भाडा घटाउनेबारे समझदारी गर्दा सकेसम्म घरबेटीलाई भौतिकरुपमै भेटनुहोस् र ब्यापार तथा आफ्नो बित्तिय अबस्थाबारे प्रभावकारी ढंगले बताउनुभयो ।
बिगत ६ महिनामा तपाइले भोगेको बित्तिय घाटा, आगामी दिनको अनिश्चिय एवं खर्च कटौती नगरे टिक्न नसक्ने आफ्नो बाध्यताबारे बताउनुहोस् ।तपाइले लिएको भाडा कति हुने भन्ने कुरा बिशुद्ध घरबेटीको मनस्थिती र निर्णयमा भर पर्ने हुनाले भाडा घटाएर आफुलाई ब्यबसायमा टिकाइराख्न अपिल गर्नुहोस् । आफुले भाडामा लिएको स्पेश छाड्दा तुरन्तै भाडा लाग्ने अबस्था नरहेको वास्तविकता अबगत गराउँदै घरबेटीलाई यो जोखिम मिलेर उठाउन प्रस्ताव गर्नुहोस् । यी भूमिकापछि अब तपाइले कति भाडा तिर्न सक्नुहुन्छ, कति रकम घटाउनुपर्ने हो त्यसका बिषयमा ठोस प्रस्ताव घरबेटीसमक्ष राख्नुहोस् ।
कति महिनाको रकम मिनाहा खोज्नुभएको हो, ब्यबसाय चल्न नसक्ने बाँकी समयका लागि तपाइले कति प्रतिशत छुट चाहनुभएको हो खुलस्त भन्नुहोस् ।घरबेटीसँग वार्तामा बस्दा केही बिकल्पहरुसहित बस्नुहोस् । अहिले तत्कालै छुट दिन नसक्ने तर लामो समयसम्मका लागि उधारो दिने मनस्थितिमा घरबेटी हुन सक्छन् । त्यसमा तपाइको प्रस्ताव के हो भन्ने कुरामा स्पष्ट हुनुहोस् ।महामारीका सुरुवाती केही महिनाको शतप्रतिशत र केही महिनापछिको भाडामा १५ देखि २० प्रतिशत छुट दिने कुरामा सहमत गराउन सक्नुभयो भने तपाइको जीत हुने छ ।
साथै बिजनेस चल्न नसक्ने आगामी महिनाहरुका लागि पनि तपाइले बेग्लै प्रस्ताव गर्न सक्नुहुन्छ ।घरबेटीलाई आश्वस्त पार्नमात्र हैन, तपाइको अबस्था सुधार भएपछि पुनः पुरानै दरको भाडा पाउने सुनिश्चित गर्न तपाइले महामारी अन्त्य भई न्यू नर्मल कण्डिसन सुरु भएको अबस्थामा पुरानै भाडा तिर्न आश्वस्त पार्न सक्नुहुन्छ । यसलाई गर्दा जोखिम र लाभ दुवै आफुसँग सेयर भएको घरबेटीले महसुस गर्न सक्छन् ।नेगोसिएसनमा बिर्सन नहुने कुरा के हो भने मुलुकमात्र हैन बिश्व नै आर्थिक मन्दीमा छ र बिश्वभरी नै यसैगरी घरबेटीले बिजनेसहरु आफ्ना घरमा टिकाइराख्न, थोरै भए पनि आफ्ना क्यासफ्लो सुनिश्चित गर्न घरभाडामा आर्कषक छुट दिइरहेका छन् ।
जीवन मरणको दोसाँधमा भएका धेरै स्टार्टअपहरु बन्द भइसकेका छन् र धेरै स्पेशहरु यतिबेला भाडामा लिने बिजनेसहरु कतिबेला आउलान भनेर कुरेर बसिरहेका छन् ।यो परिस्थीति बुझाएर तपाइले कम्तीमा २० प्रतिशतसम्म भाडा छुट लिन सक्नुभयो ब्यबसाय टिकाइराख्न तपाइलाई केही राहत हुन सक्छ । संसार नै बिजनेस र क्यासफ्लोको अभावमा तडपिइरहेका बेला ८० प्रतिशत क्यासफ्लो आउने ग्यारेन्टी हुनु घरबेटीका लागि सुखद बिषय हो । यस्तो दुवै बिजेता हुने डील हुने वा नहुने भन्ने कुरा दुवै पक्षले परिस्थीति कति बुझाउन सक्छन र कति प्रभावकारी सम्बाद गर्न सक्छन भन्ने कुरामा भर पर्छ ।
उल्लेखित कुनै पनि प्रस्तावमा घरबेटी तयार भएनन् भने तपाइले घरभाडाका लागि गरेको सम्झौता निश्चित समय दिएर तोड्न सक्नुहुन्छ । भाडा घटाउन नमानेको अबस्थामा भाडा सम्झौता तोड्न प्रस्ताव गर्नुहोस् र त्यसका लागि कानुनी परामर्श गर्नुहोस् ।अहिले तिरिरहेको भन्दा निकै कम भाडामा तपाइले बिजनेसलाई बचाइराख्न सक्ने अबस्था छ भने तपाइले दोस्रो विकल्प छनौट गर्नु बुद्धिमानी ठहर्छ । नेपाल होम्स
Leave a Reply