काठमाडौ । इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकले लामो समयदेखि फ’रार रहेका २ अ’भियुक्तलाई प’क्राउ गरेको छ । चोरी मु’द्दाका फ’रार अ’भियुक्त ३३ वर्षपछि प’क्राउ परेका छन् ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०४४ असोज २९ गतेको फैसलाअनुसार चोरी मु’द्दामा दो’षी ठह’र भएका मेलम्ची नगरपालिका–८ का ७८ वर्षीय ग्याम्जो तामाङलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा प’क्राउ गरेको हो ।
मेलम्ची प्रहरीका इन्सपेक्टर फलबहादुर तामाङका अनुसार चो’री मु’द्दामा दो’षी ठ’हर भएका आ’रोपी ग्याल्मो तामाङलाई अदालतले १ महिना १५ दिन दिन कै’द र ५६ हजार ३८७ रुपैयाँ ज’रिवाना सुनाएको थियो ।
अदालतको आदेशलगत्तै तामाङ फ’रार थिए । मेलम्ची नगरपालिका–८ लाभगाउँ जंगलस्थितमा लुकेर बसेको अवस्थामा आरोपी ग्याल्मो तामाङलाई प’क्राउ गरिएको इन्सपेक्टर तामाङले बताए ।
यस्तै ज’बरजस्तीक’रणी मु’द्दाका फ’रार आ’रोपीलाई समेत १८ वर्षपछि प’क्राउ गरिएको इन्सपेक्टर तामाङले रातोपाटीलाई बताए । प’क्राउ पर्नेमा मेलम्ची नगरपालिका–१९ का ३६ वर्षीय उत्तम भन्ने भोला बहादुर खड्का रहेका छन् ।
२०५९ जेठ २२ गते जिल्ला अदालतले ज’बरजस्तीकर’णी मु’द्दामा खड्कालाई १ वर्ष ५ महिना २३ दिन कै’द स’जाय तोकेको थियो । अदालतको आदेशलगत्तै खड्का फ’रार थिए ।
खड्कालाई मेलम्ची नगरपालिका–११ जरायोटारस्थित आफ्नै घरबाट प’क्राउ गरिएको इन्सपेक्टर तामाङले बताए । प’क्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।श्रोत:रातोपाटी
Leave a Reply