नेपालको झण्डा ज’लाउँदै जातीय द्व’न्द्व भ’ड्काउने आपत्तिजनक र्‍याप गीत युट्युवमा

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने गीत सार्वजनिक भएको छ । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म १ लाख १० हजार बढीले हेरेका छन् ।

सार्वजनिक भएको गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ । जातीय द्धन्द्धलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ ।

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिन्छ ।

भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ ।

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन -याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । गीतमा ९ सय जनाले लाइक गरेका छन् भने ४४ हजारले डिस्लाइक गरेका छन् ।

भिडियो बजारमा आएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भिडियोमा राष्ट्रिय झण्डा जलाउने व्यक्तिको खोजीकार्य भइरहेको बताए ।

एसएसपी थापाका अनुसार गीतको भिडियो बनाउने मुख्य व्यक्ति हेटौंडामा छन् । ती व्यक्तिको समेत मकवानपुर प्रहरीको समन्वयमा खोजीकार्य भइरहेको थापाले बताए । यस्तै भिडियो खिच्ने फोटोग्राफरको लगभग पहिचान भइसकेको थापाले बताए ।

सामाजिक सदभाव खल्बलाउने कार्य गरिएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको संगठनका महासभिव जनक फडेराले बताए ।

देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले समेत कारबाहीको माग गरेका छन् ।

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

गीतको बोल यस्तो छ :

एउटा देशद्रोही ले समाज,राष्ट्र ,देश र सिङ्गो विश्वलाई सर्वनाश गर्छ”
Mongolhop Present
its me Mongol Gyalz Lee

हे हे विस्तारवादीको बिस्तारामा सुत्ने !
नेपाली सर्वभौम स्वाभिमान ! र स्वाधीनतालाइ लुट्ने !
पालैपालो सत्ता लुछि देश बेच्ने!
ढालजस्तो ढाकाटोपि!
ब्राजस्तो हिन्दू झण्डा बोकि!
आयातित बिक्रम सम्बत् !
राजस्थानको दाउरा सुरुवाल!
खस भाषा खस लिपि लाद्ने !
शरणार्थी बाहुन क्षेत्री
पनि तै हो?
हे! होकि होइन भाइ हो??
हेहे! होहो शरणार्थी बाहुन क्षेत्री हो!
हे हे हासी हासी मुलबासीलाइ मासी!
बनाएर आदिवासी जनजाती !
दलित ,शुद्र ,मतवाली!
सन 1495 मा अलौदिन खिल्जिले खेदिएर
सन 1556 मा अकबरले लखेटिएर!
नेपालमा जनै धोति लोटा बोकि!
गाँस बाँस मागि !
शरणको मरण गरि !
मुलबासिको उर्वर भूमि!
मानव अस्तित्व अधिकार खोस्ने!
शरणार्थी बाहुनछेत्री पनि तै हो?
हे होकि होइन भाइ हो?
हेहे !होहो शरणार्थी बाहुनछेत्री हो!
हे हे सन 1911देखि 65 सम्म!
पहिलो दोस्रो विश्व युद्धमा!
बनाएर मुलबासिलाइ गोर्खाली!
24 लाख 28 हजार
65 मुलबासीलाई मारि!
सन 1559 मा गोर्खा!
लिगलिग कोटको!
घले पुर्खालाई काटी!
त्यही दिनदेखि विजयादशमी !
भन्दै हिन्दु दसै मानी!
प्रथम सहिद सुपती गुरुङ!
शुकदेब गुरुङ
लखन थापा मगर!
रिदमा र रामलिहाङ राई
सिरिजङ्गा थेबे लिम्बु!
कीर्तिपुरमा 17 धार्नी!
नाक कान काट्ने!
शरणार्थी बाहुन क्षेत्री पनि तै हो?
हे! होकि होइन भाइ हो?
हेहे! होहो शरानार्थी बाहुन क्षेत्री हो!
हे हे सहिद धर्मभक्त माथेमा !
गङ्गालाल श्रेष्ठ!
शुक्रराज शास्त्री!
दशरथ चन्द!
नुवाकोट ककनीको !
ग्याल्छेन रुम्बा
पण्चकन्याको घले पुर्खा!
बेतिनिको वीरसिङ्ग घ्लान !
जिम्नाङ्को ल्हो पुर्खा!
राउतबेसीको थिङ पुर्खा!
रसुवा बार्कुको मेवाङ घले !
रसुवा गलाङको वङ्चुर घले
नुवाकोट लच्याङको गोले पुर्खा!
धादिङको तागुर वाइबा!
रामेछापको ताल्च्योमा !
छ्योइमे दोर्जे घिसिङ !
मकवानपुरको दिगबन्धन सेन!
काभ्रे तिमालको!
हृन्चेन दोर्जे पुर्खा!
जनयुद्धमा 17000 नेपालीको हत्या गर्ने!
शरणार्थी बाहुन क्षेत्री पनि तै हो?
हे!होकि होइन भाइ हो?
हे हे?? होहो शरानार्थी बाहुन क्षेत्री हो!

हे हे महाकाली सुगौलि सन्धी!
टनकपुर कोसि,गण्डकी !
राखेर बन्धकी !
पराधीनताको चाकरी गरि!
कति भर्छौ भकारी!
भन कहाँ भाग्छौ?
कति देश बेच्छौ?
तेरो छोराछोरी अब!
कहाँ लगि राख्छौ?
शरणार्थी हिन्दु आर्य बाहुनछेत्री!
तेरै हो दोष आजैदेखि सोच!
मङ्गोल रास्ट्रबादको बाटो रोज!
होइन भने बुजिराख!
तेरो देश न भारत न त नेपाल!
भोलि तेरो सन्ततिको होलास नि बेहाल!
मुलबासी मङ्गोललाइ छिटो माफी मागिहाल!
नत्र भने आफ्नो बाटो लागिहाल!
देशद्रोही शरणार्थी हिन्दू आर्य बाहुन क्षेत्री
खेदन नपरोस् बरु भागिहाल! हे हे हे!

-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*